२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यी हुन् काठमाडौंमा रेलका लागि सम्भावित पाँच मार्ग

७ भाद्र २०८०, बिहीबार ०३:०९

भदौ ७, काठमाडौं | बढ्दो सवारी चाप । ट्राफिक व्यवस्था अस्तव्यस्त । घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन । सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता । यो समस्या समाधान गर्ने भन्दै राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा मोनोरेल र मेट्रोरेलको सपना बाँड्न थाले । रेलका योजना अघि सार्न थालेको पनि करिब दुई दशक पुग्न थालेको छ ।

२०६२ सालको राजनीतिक परिवर्तनपछि दलहरूले चुनावी घोषणापत्रमा रेलका हावादारी गफ दिन सुरु गरेका थिए । सन् २०११ मा उपत्यकामा रेलको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययनबाट पाँच रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखियो । तर त्यो प्रतिवेदन दराजमा थन्किएको छ । रेलमार्ग निर्माण प्रगति शून्य छ ।

अहिले फेरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउने प्रस्ताव अघि सारेका छन् । रुसले रेल बनाइदिने आशा देखाएपछि पूर्वाधारमन्त्री ज्वालाले नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकसहितको टोलीसँग उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सघाउन अनुरोध गरेका छन् । 

रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने पूर्वसन्ध्यामा मन्त्री ज्वालाले यस्तो प्रस्ताव गरेका छन् । रूस रेल बनाउन विश्वभर प्रख्यात रहेकाले सहयोग मागिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । रुस मेट्रो रेलमा 'पायोनियरु भएकाले राजदूतसँग मेट्रो रेल निर्माणबारे छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।

'हामीले मेट्रो रेल बनाउनुपर्नेछ भन्ने कुरा राखेका छौं,' शर्माले भने, 'उहाँहरू (रुस) सकारात्मक देखिनुभएको छ ।' यसअघि गरिएको प्रारम्भिक अध्ययनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन सक्ने सचिव शर्माले बताए ।

सन् २०११ मा सरकारले कोरियन परामर्शदाता कम्पनीबाट गराएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा रेल सञ्चालन गर्न सकिने देखाएको थियो । जसअनुसार पहिलो रुट सातदोबाटो-पुल्चोक- त्रिपुरेश्वर-रत्नपार्क- नारायणहिटी- महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म, दोस्रो रुट कलंकी –कालिमाटी-माइतीघर-तिनकुने हुँदै एयरपोर्टसम्म, तेस्रो रुट चक्रपथ, चौथो भूमिगत रुट स्वयम्भू-छाउनी-बागबजार – डिल्लीबजार -पुरानो बानेश्वर-गौशाला-चाबहिल हुँदै बौद्धसम्म र पाँचौं रुट धोबीघाट पुल्चोक-पाटन दरबार नयाँ बानेश्वर-माइतीघर- सिंहदरबार-सहिदगेट-डिल्लीबजार-टंगाल नारायणहिटी-नयाँबजार हुँदै गोंगबुसम्म हुने छ । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य