२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

सुन तस्करसँग कनेक्सन देखिएका अधिकारीको नेपालदेखि भारतसम्म लगानी

२०८०, ८ भाद्र शुक्रबार ०६:०९

भदौ ८, काठमाडौँ | ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई विभागबाट हटाइएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँग ‘कनेक्सन’ र ‘डिल’ भएका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानबिन थालेका छन् ।

उनलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ । शक्ति केन्द्रसँग ठुलो पहुँच बनाएका अधिकारीमाथि निष्पक्ष छानबिन हुनेमा आशंका देखिएको छ ।

निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत रहेका थिए । राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उनको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो ।

गृहमा सरुवा भएलगत्तै उनले गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बन्न सफल भएका थिए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । राजस्व अनुसन्धान विभागका एक कर्मचारीले  भने– ‘त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत उहाँले सहयोग गरेको देखिन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने