२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एमालेमा नेतृत्व फेर्ने कसरत, विद्यादेवी भण्डारीको ‘इन्ट्री’ कतिको सम्भव ?

१७ भाद्र २०८०, आईतवार ०२:४८

भदौ १७, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।

एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै बनेको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको बुझाइ भण्डारीलाई भित्र्याउन चाहनेहरूको छ । तत्कालीन नेकपाको दुई तिहाइनजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको निष्कर्ष उनीहरूको छ । ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअघि नेतृत्व फेर्नुपर्ने कसरत भइरहेको हो ।

‘ओलीको हठ, गतल कार्यशैली एवं मनोमानीले आउने निर्वाचनमा पार्टीले राम्रो नजिता ल्याउन नसकिने २०७९ सालको निर्वाचनबाट प्रस्ट भइसकेको छ, राम्रो नजिता आए पनि त्यसलाई जोगाउन नसकिने नेकपाको प्राप्त बहुमतबाट पनि देखियो, त्यसैले अब आउने निर्वाचनअघि नेतृत्व फेर्नुको विकल्प छैन,’ ओलीको नेतृत्व फेर्ने अभियानमा लागेका एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

ओलीको नेतृत्व फेर्ने र भण्डारीलाई नेतृत्वमा ल्याउने चर्चाले अहिले एमालेमा नयाँ गुट निर्माणले तीव्रता पाएको छ । पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरूले भण्डारीलाई भेटेरै सक्रिय राजनीतिमा फर्किन आग्रह गरिसकेका छन् । नेतृत्वमा भण्डारीलाई ल्याउन खोजेका पोखरेल शनिबार सद्भावनापूर्ण चीन भ्रमणका लागि त्यसतर्फ लागेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य