२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीमा

१९ भाद्र २०८०, मंगलवार ०३:४४

भदौ १९, काठमाडौं | त्रिभुवन  विश्वविद्यालय  (त्रिवि)  अन्तर्गतका  सम्पूर्ण निकाय तथा कार्यालयमा स्वचालित प्रणालीको आरम्भ गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सोमबार कीर्तिपुरस्थित रजिस्ट्रार कार्यालयमा आयोजित कर्मचारीको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत् थालनी गरेका हुन् । विद्युतीय   प्रशासनलाई   प्रोत्साहन   गरी   सेवा  प्रणालीलाई  छिटो,  छरितो  र  प्रभावकारी  बनाउने  उद्देश्यले  स्वचालित  प्रणालीकोे  आरम्भ  गरिएको विश्वविद्यालयले जनाएको छ ।

यससँगै विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि  माथिल्लो  निकायमा  पेस  गरिने  कागजात  स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् ।

त्रिवि केन्द्रीय कार्यालयमा भने गत साउन १ गतेबाट नै यो प्रणाली कार्यान्वयनमा आइसकेको थियो । उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकाय संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयनमा रहेको विश्वविद्यालयले जनाएको छ ।

त्रिविका उपलकुलपति बाँस्कोटाले त्रिविलाई कागजविहीन  प्रशासनका  रूपमा  स्तरोन्नति  गर्ने  आफ्नो महìवपूर्ण लक्ष्य पूरा भएको बताए । उनले प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकाले सेवा प्रणालीलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले   कार्यालय   स्वचालित   प्रणालीको   कार्यान्वयनलाई  महìवपूर्ण  प्रशासनिक  उपलब्धि  भएको  बताउँदै  व्यवस्थित,  सरल  र  समयानुकूल  सेवाका माध्यमबाट त्रिविप्रतिको नकारात्मक धारणा परिर्वतन गर्र्नुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य