२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात

२४ भाद्र २०८०, आईतवार ०५:०८

भदौ २४, काठमाडौँ | नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको  छ  ।  मोतिहारी–अमलेखगन्‍ज  पेट्रोलियम  पाइपलाइन परियोजना अन्‍तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको  काम  अगाडि  बढाइएको  नेपाल  आयल  निगम अमलेखगन्‍ज कार्यालयले जनाएको छ ।  यस  परियोजनाको  पहिलो  चरणको  काम  सम्पन्‍न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो । अहिले भारतको मोतिहारीबाट  अमलेखगन्‍जसम्म  पाइपलाइनमार्फत  डिजेल आयात भइरहेको छ ।

स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन । नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो  चरणको  निर्माणको  काम  इन्‍िडयन  आयल  कर्पाेरेसन (आइओसी) ले गरिरहेको छ ।

निगमको  अमलेखगन्‍ज  डिपो  कार्यालयका  प्रमुख  विनीतमणि  उपाध्यायले  दोस्रो  चरणको  काम  तीव्र  गतिमा  अगाडि  बढिरहेको  जानकारी  दिए । तोकिएको समयभित्र सक्ने गरी पूर्वाधारनिर्माणको   काम   अगाडि   बढिरहेको   उनले   जानकारी दिए ।

दोस्रो  चरणको  काम  अन्‍तर्गत  अहिले  पेट्रोल  भण्डारण  ट्याङ्क,  ट्रान्‍समिक्स  ट्याङ्क,  पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको  निर्माण  भइरहेको उनले  जानकारी  दिए । पूर्वाधार निर्माण सम्पन्‍न भएपछि पेट्रोल र  मटितेल  पाइपलाइनबाट  आयात  गरिने  उनले  जानकारी दिए । पेट्रोल भण्डारण ट्याङ्क अपुग हुने भएकाले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको जनाएको छ । 

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क  तथा  डिपो  सुरक्षाका  लागि  तीन  हजार  किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा २५०  किलोलिटर  क्षमताका  दुई  वटा  ट्रान्‍समिक्स  ट्याङ्क’ निर्माण भइरहेको निगमले जएको छ । एउटै पाइपलाइनबाट  व्रmमशः  डिजेल,  मटितेल  र  पेट्रोल  एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्‍समिक्स ट्याङ्क’ निर्माण गरिएको निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य