३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तीन करोडको ‘डिल’ले रास्वपामा खैलाबैला

२८ भाद्र २०८०, बिहीबार ०६:२६

भदौ २८, कठमाडौं | जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको

लेनदेनको 'डिल' गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ ।

पूर्व सांसद ठाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो ।

पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ठाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघि

बढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरू गरेको उल्लेख छ ।

गत चैतमा भएको उपनिर्वाचनताका रास्वापाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपियाँ मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठलाई पार्टीले कारबाही गरेको थियो ।

उक्त अडिओमा आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साठे२ करोड रुपियाँ बुभाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको प्रष्ट सुनिन्थ्यो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट