४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !

३१ भाद्र २०८०, आईतवार ०३:३४

भदौ ३१, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ। सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्छन्।  

घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए। सःमिलमा काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्याउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया अम्बिका भुजेल र आमा ७६ वर्षीया सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य बाहिर आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले दिएको जानकारीअनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् | नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन्। नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए। बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखसमेत रहेका एसएसपी सोमेन्द्रसिंह राठौरले घटनाबारे अनुसन्धान चलिरहेको बताउँदै अहिलेसम्म कुनै प्रगति नभएको जानकारी दिए। ‘हामी अनुसन्धान गरिरहेका छौं, केही आशंकित मानिसलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’ उनले भने। प्रहरीले शनिबार दिनभरिमा करिब १०र१२ जनालाई बोलाएर सोधपुछ गरेको थियो। घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ।  

शुक्रबार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए। ‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो। साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए। त्यहीबेला उनीहरूबीच झगडा परेको र उनीहरूको झगडा छुट्याउन आउँदा भुजेल दम्पतीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीको आशंका छ। दीपेन्द्रसँगै अरू साथीहरू पनि भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ