२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कञ्चनपुरमा बिरामीलाई टाँका लगाइरहेका अहेबको घाँटी न्याकियो

२०८०, ३ आश्विन बुधबार ०९:२२

असोज ३, काठमाडौँ | कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ।

मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो।

उनीमाथि बेलौरी-२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन्। अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्।

उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो। उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको थियो।उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो। एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए।

‘राति म बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेको थिएँ। घाइते मेरै चिनजानका मान्छे हुन्। उपचार गराइरहेको बेलामा एक्कासी उनीहरू अराजकतापूर्वक आए,’ गैरेले भने, ‘उनीहरू बर्थडे मनाएर आएका रहेछन्। यसपछि बजार डुलेर हिँडेका रहेछन्।’

उनका अनुसा रामबहादुर केन्द्रमा पुगेका कुनै बिरामीसँग सम्बन्धित थिएनन्। रामबहादुरले एक्कासी आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए। त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए।

‘एक्कासी आएर अध्यक्षको नम्बर दे, इन्चार्जको नम्बर दे भन्न थाले। मैले हातमा ग्लभ्स लगाइरहेको थिएँ। हातमा खुन लागिरहेको थियो। टाँका लगाउन म घाउ सफा गरिरहेको थिएँ। एकछिन बाहिर बस्नुस् भन्दा मलाई नम्बर नदिने, को होस् तँ बाहिर जा भन्ने, भनेर सिँधै घाँटी समाएर पछाडि ठोक्काए,’ उनले भने।

एउटै गाउँका भएर चिनजान पनि भएको उनले बताए।

रामबहादुरले इन्चार्जमाथि पनि गालीगलौज गरेको उनको भनाइ छ। घटना हुँदा एक जना प्रहरी पनि घटनास्थलमा देखिएका छन्। घटना भएपछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएको पनि गैरेले बताए।

उनले दुर्व्यवहार गर्नेविरूद्ध जाहेरी दिने तयारी गरिरहेको बताएका छन्। आफूमाथि हातपात, दुर्व्यवहार भएको भन्दै जाहेरी दिन लागेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको बताए।

उपचारको क्रममा ढिला सुस्ती गरेको भनेर हातपात भएको भन्ने खबर आफूले पाएको उनले बताए।

‘उपचारको क्रममा ढिला सुस्ती गरेको हुँदा हामी आक्रोशित भएको भनेर भनेका छन्। जस्तो भए पनि त्यो कुरा न्यायोचित हुँदैन। त्यस विषयमा छलफल गर्न तयार छौं भनेर हातपात गर्ने व्यक्ति इप्रकामा पुगेका छन्। पीडित पक्ष मुद्दा चलाउनुपर्छ भन्नेमा छन्। जाहेरी आइसकेको छैन,’ एसपी थापाले भने, ‘त्यस विषयमा पहिलो चरणमा छलफल भयो भने भयो। नभए जाहेरी ल्याउनुभयो भने मुद्दा चलाउने प्रहरीको तयारी छ।’

दुई पक्षबीच छलफल भएपछि घटनाबारे विस्तृत थाहा हुने उनले बताए।

यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए।  बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका हुन्। उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने