२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

४ करोड १८ लाख निक्षेप खाता सुरक्षित

२०८०, ५ आश्विन शुक्रबार ०९:३१

असोज ५, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाका ४ करोड १८ लाख निक्षेप खाता सुरक्षित छन्। हालसम्म निक्षेप तथा कर्जाको सुरक्षण (बीमा) गर्ने  जिम्मा पाएको निक्षेप तथा कर्जा सुरक्षण कोषले उक्त प्राकृतिक निक्षेपकर्ताको १२ खर्ब ८८ अर्ब निक्षेप सुरक्षित राखेको हो।

तर हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब ५ करोड ११ लाख ७७ हजार हाराहारीमा निक्षेप खाता रहेका छन्। एउटै व्यक्तिको ४–५ बैंकमा खाता हुँदा जनसंख्याभन्दा बढी खाता देखिएको छ।

साथै, कोषले करिब १७ लाख ऋणीको ८० अर्ब रुपैयाँ कर्जा समेत सुरक्षित गरेको छ। तर नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा १८ लाख ४५ हजार २१३ कर्जा खाता सञ्चालनमा छन्। 


कोषले उक्त निक्षेप र कर्जाको सुरक्षा दिइरहेकाले साना उद्यमीदेखि आम निक्षेपकर्ता सुरक्षित भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए। बिहीबार कोषको ५० औं वार्षिकोत्सव कार्यक्रममा उनले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन। यसका लागि निजी क्षेत्रले पनि सकारात्मक तरंग फैलाउन उनले अनुरोध गरे।

लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको उनले बताए।

उनले भने, ‘अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने छ। यसको पहुँच विस्तार भइरहेको छ। साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने