२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तेश्रो बिवाहका लागि ९ महिने छोरीलाई उखुबारीमा बाँधेर आमा फरार भएपछि…

२०८०, ७ आश्विन आईतवार ०३:२५

असोज ७, महेन्द्रनगर | आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ?तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला ? आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला ? ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन ।

शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् ।

शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन ।

शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘नौ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने