२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

भारतको चन्द्रयान ‘सम्पर्कविहीन’

२०८०, ७ आश्विन आईतवार ०६:३७

एजेन्सी | भारतले चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ।  भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोका अनुसार नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको हो। 

रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेर १० दिन बिताएका थिए। यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ।


इसरोले यही २२ सेप्टेम्बरतिर चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको बताएको थियो। चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने र विक्रम र प्रज्ञान पुनः जागृत हुनेछन् भन्ने ठानिएको थियो। तर, अहिलेको अवस्थाले के देखाएको छ भने चन्द्ररातको अत्यधिक चिसोले ब्याट्रीहरूलाई क्षति पुर्‍याएको हुनसक्छ। चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन बराबर हुन्छ। यसको मतलब चन्द्रमामा १४ दिनको दिन र १४ दिनको रात हुन्छ।

शुक्रबार इसरोले एक्समा पोस्ट गर्दै लेखेको छ, ‘विक्रम  र प्रज्ञानसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी छ।’  चन्द्रयान–३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुवनेर अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास बनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण