२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जो साउदी पुगेको एक सातामै काठको बाकसमा फर्किए

९ आश्विन २०८०, मंगलवार ०३:२७

असोज ९, काठमाडौँ | सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ । उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ । बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा ।’

अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए । विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु-याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन रु

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

खाडी मुलुकमध्ये पनि गत आव २०७९–८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान