२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एमालेमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा

११ आश्विन २०८०, बिहीबार ०३:०३

असोज ११, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीले खोजेका छन् ।

तर, ओलीको निर्देशनविपरीत लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रेका थिए । लुम्बिनीमा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न खोजेका थिए । र, सोहीनुसार जुट्न निर्देशन दिए पनि प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गर्दै प्रतिस्पर्धामा जुटेका थिए ।

शक्ति संघर्षको प्रतिस्पर्धामा रहेका पौडेल र पोखरेलले आफूनिकट नेतालाई ल्याउनका लागि आन्तरिक रूपमा प्यानल बनाएर प्रतिस्पर्धामा जुटेका थिए । लुम्बिनीमा अध्यक्ष ओलीले सचिव एवं प्रदेश इन्चार्ज पद्मा अर्याललाई सुझाव दिइसकेको र मिलेर जानुहोस् भन्ने सन्देश प्रवाहित गरेका थिए । ओलीको सो सन्देशचाहिँ खासमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच बनेको गुटमा आधारित चुनावी प्रतिस्पर्धा हुने भएकाले त्यसलाई रोक्नका लागि थियो ।

लुम्बिनीको गुटगत प्रभाव बाग्मतीमा समेत देखिएको छ । सोमबार काठमाडौंमा उद्घाटन भई बिहीबार मतदानबाटै प्रदेशको नेतृत्व चयन गरिँदै छ । लुम्बिनीबाट सुरु भएको गुटगत प्रभाव बाग्मतीमा मात्रै नभई कर्णालीसम्म पुगेको छ । र, अन्य प्रदेशमा हुने प्रदेश अधिवेशनमा समेत स्पष्ट रूपमा पौडेल र पोखरेलका बिचमा शक्ति संघर्ष देखिनेछ ।

बाग्मतीमा प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए । लुम्बिनीजस्तै बाग्मतीमा पनि उनले सर्वसम्मत गर्न नसके स्वच्छ, प्यानल नबनाई प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने निर्देशन दिए । तर, घोषित रूपमा प्यानल नबने पनि बाग्मतीमा पनि पौडेल र पोखरेल गुट बनेको छ । पौडेल र पोखरेलले आफूनिकटका नेतालाई विजयी बनाउन लागिपरेका छन् ।

एमाले अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा हेरिएका नेताहरू हुन्, उपाध्यक्ष पौडेल र महासचिव पोखरेल । एमालेभित्र दोस्रो तहका नेताहरू उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच वर्चस्वका लागि आन्तरिक रूपमा कडा प्रतिस्पर्धा हुने गरेको एमाले प्रदेश अधिवेशनले प्रस्ट पारिसकेको छ ।

बाग्मती प्रदेशको अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका कृष्ण दाहाललाई उपाध्यक्ष पौडेलको समर्थन रहेको छ । पौडेलका साथै एमाले नेता गोकुल बाँस्कोटाको समेत दाहाललाई नै समर्थन रहेको छ । यस्तै, अध्यक्षका अर्का प्रतिस्पर्धी कैलाश ढुंगेललाई महासचिव पोखरेलको समर्थन रहेको छ । ढुंगेललाई एमाले अध्यक्ष ओलीको समेत समर्थन रहेको छ । खुल्ला रूपमा प्यानल नबने पनि आन्तरिक रूपमा पौडेल र पोखरेलले लबिइङ गरिरहेका छन् ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच लुम्बिनी र बाग्मतीमा बनेको गुटले अध्यक्ष ओलीको निर्देशनलाई लत्याएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान