४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण, कुन कलेजलाई कति ?

१३ आश्विन २०८०, शनिबार ०३:५२

असोज १३, काठमाडौँ | चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । आयोगले देशभरिमा एमबिबिएस तहमा एक हजार ९२५ सिट निर्धारण गरेको छ भने बिडिएसतर्फ ५४५ सिट निर्धारण गरेको छ ।

आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झाले एमबिबिएसमा एक सय सिट पाउनेमा विराट मेडिकल कलेज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, किस्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज रहेको जानकारी दिए ।

यसै गरी लुम्बिनी मेडिकल कलेज, महाराजगन्ज मेडिकल क्याम्पस, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपालगन्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि एक सय सिट पाएका छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसमा ६५ सिट अध्यापन गर्ने अनुमति पाएको छ ।

देवदह मेडिकल कलेजले ६० सिट पाएको छ । यसै गरी जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट निर्धारण गरिएको छ । डा. झाका अनुसार बिडिएसतर्फ पाँच कलेजलाई ५० सिट निर्धारण गरिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेजलाई ५० सिट तोकिएको हो ।

बिधडिएसतर्फ चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४० सिट तोकिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ