२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कक्षा १० को परीक्षा चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता हुने

१४ आश्विन २०८०, आईतवार ०३:३८

असोज १४, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो । सो क्यालेन्डर यो वर्षबाट लागू भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।

बोर्डका अध्यक्ष डा। शर्माले यो वर्षको कक्षा १० र १२ को परीक्षा कहिले हुने भन्ने विषयमा कौतूहतला हटाउन क्यालेन्डर सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार कक्षा १० को प्रश्नपत्र छपाइबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने गरी क्यालेन्डर तयार गरेको हो ।

बोर्डले चैत मसान्तसम्म प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने, जेठभित्र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ । अध्यक्ष शर्माले कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो साताभित्र गर्ने तालिका बनाएको जानकारी दिए ।

गत वर्षको एसईईको परीक्षाफल असार अन्तिम साता भएको थियो । ‘कक्षा १० को वार्षिक परीक्षाको नतिजा असार दोस्रो हप्तामा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका छांै’ –अध्यक्ष शर्माले भने । पूरक परीक्षा साउन तेस्रो साता हुनेछ । परीक्षामा पुनर्योगको निवेदन परीक्षाफल प्रकाशित भएको १५ दिनभित्र र नतिजा पूरक परीक्षा सञ्चालन हुनुअघि रहेको छ । माघ मसान्तमा परीक्षा केन्द्र निर्धारण, सिम्बोल नम्बर कायम गर्ने रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, सबै विश्वविद्यालय र रापबोर्डका अध्यक्षसहितको बैठकको निर्णयअनुसार क्यालेन्डर तयार भएको हो । सो क्यालेन्डर उल्लेख भएअनुसार स्नातक तहको भर्ना प्रक्रिया शुरू गर्नुअघि कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुपर्छ ।

सोही निर्णयको आधारमा वैशाख दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने क्यालेन्डर तयार गरेको हो । क्यालेन्डरसम्बन्धी प्रतिवेदनमा स्नातक तहमा भर्ना हुनका लागि रापबोर्डबाट नतिजा हुने कक्षा १२ को नतिजा भर पर्नुपर्ने भएकाले कक्षा १२ को कार्यतालिका अनुसार सो कक्षाको परीक्षाफल साउन मसान्तलाई आधार मानेर तयार गरिएको उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य