२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?

१७ आश्विन २०८०, बुधबार ०५:५४

असोज १७, नेपालगन्ज | नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य जारी गरिएको हो ।

ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले मंगलबार दिउँसो संयुक्त रूपमा आयोजना गरेको -यालीमा ढुंगा प्रहार भएपछि झडप सुरु भएको थियो । बागेश्वरी मन्दिरदेखि सुरु भएको -यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा -यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

-याली नियन्त्रणभन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन कफ्र्यु लगाइएको बताए । हिन्दू ओमकार परिवारले ठूलो संख्यामा श्रीरामको झन्डासहित -याली प्रदर्शन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नेपालगन्जको अवस्था सामान्य नहुँदासम्म कफ्र्यु आदेश जारी रहने बताउँदै नेपालगन्जको अवस्था प्रशासनले मात्र एक्लै केही गर्न नसक्ने भएकाले सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक अगुवा सबैैले आआफ्नो क्षेत्रबाट पहल गर्न पनि आग्रह गरे ।

बाँके प्रशासनद्वारा जारी कफ्र्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाभित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२० को दफा ६(क) (१) (३) बमोजिम १६ असोज २०८० दिउँसो १ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार दिउँसो हिन्दू ओमकार समाजको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरमा जम्मा भएर जयश्रीराम झन्डा लिएर न्युरोड, सेतुविकचोक हुँदै सुर्खेतरोड, बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि सुरु भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको प्रजिअ आचार्यको भनाइ छ ।

उनले नेपालगन्जमा कफ्र्यु आदेशपछि अवस्था क्रमिक रूपले सामान्य भएको बताउँदै प्रदर्शनीका क्रममा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । प्रजिअ आचार्यले नगरमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न नागरिक समाज, राजनीतिक दल, धार्मिक सूमह सबैमा अपिलसमेत गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान