२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

कामका लागि भिजिट भिसामा विदेश जानेको सङ्ख्या बढ्दै

२०८०, २० आश्विन शनिबार ०३:१३

असोज २०, काठमाडौँ | भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ ।

नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ । तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको सङ्ख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन् । उनले भने, 'वैदेशिक रोजगारीमा भिजिट भिसामा जानु हुँदैन । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिस बेचबिखनमा पनि परेका छन ।' भिजिट भिसामा विदेश गएर काम गर्दा धेरैले दुःख पाएको पंगेनीले बताए ।

मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो नेपाली युवालाई दुबई, कतार, साउदी अरेबिया, कुबेतलगायत मुलुकमा पठाइरहेका छन् । भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली कामका लागि लुकेर बस्ने गरेको पंगेनीले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण