२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने तयारी

२१ आश्विन २०८०, आईतवार ०२:५४

असोज २१, काठमाडौं | नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिँदै भने– ‘कुन राजमार्गमा कति संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्ने भन्ने विषयमा प्रदेश प्रहरी कार्यालयले निर्देशन दिनेछ । महत्वपूर्ण र संवेदनशील मानिएका राजमार्गमा चेक प्वाइन्ट राख्ने व्यवस्था गरेका छौं । कुनै पनि घटना घटेमा तत्काल घटनास्थलमा पुग्नेगरी प्रहरी परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं ।’ 

उनले चाडवाडमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताको आधारमा प्रहरी परिचालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको बताए । आंकलन गर्दै पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन क्षेत्रमा सुख्खा पहिरो जानसक्ने सम्भावनालाई मध्यनगर गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ ।

सम्भावित घटनालाई रोक्न सडक विभाग, ट्राफिक प्रहरी सडक आयोजना प्रमुख लगायतसँग छलफल गरी मुग्लिन सडकको २४ सै घण्टा सुरक्षा दिई यात्रुलाई सहज रूपमा आवत जावत गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

यसै गरी दशैं तिहारको विशेष सुरक्षा योजनाअन्तर्गत सबै राजमार्गमा प्रहरी गस्ती बढाइने भएको छ । प्रत्येक बसमा सादा र बढी खतरा रहेको यात्रुवाहक बसमा हतियारसहित प्रहरीले गस्ती गर्ने व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । राजधानीबाट टिकट लिने यात्रुको लागि प्रहरीले विभिन्न स्थानमा करिब दुई दर्जन प्रहरी सहायता कक्ष स्थापना गरी सेवा दिन शुरू गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान