२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

इजरायलद्वारा केयरगिभर र कृषि क्षेत्रमा २३ सय नेपाली श्रमिकको माग

२०८०, २१ आश्विन आईतवार ०५:४८

असोज २१, काठमाडौँ | इजरायलले केयरगिभर र कृषि क्षेत्रमा गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको छ । इजरायलले सरकारीस्तरमै श्रमिक लैजाने सम्झौता अनुसार नयाँ कामदारहरुको माग गरेको हो ।

यसअघि केयर गिभरका रूपमा एक हजार एक सय नेपाली श्रमिक इजरायल रोजगारमा गएका छन् । इजरायलले सरकारी सम्झौताअनुसारनै एक हजार तीन सय केयर गिभर र एक हजार कृषि श्रमिकका रूपमा लैजाने प्रस्ताव नेपालसमक्ष गरेको श्रम मन्त्रालयले जनाएको छ । 

इजरायलले माग गरेको दुई हजार तीन सय कामदारहरुको मागमध्ये केयरगिभरका एक हजार तीन सय श्रमिक तत्काल नै पठाउन प्रक्रिया सुरु गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार सरकारले तिहार लगत्तै यस्तो रोजगारको लागि आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी प्राप्त भएको छ ।

पछिल्लो समय नेपालबाट इजरायल रोजगारमा ११ सय नेपाली केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । उनिहरु अहिले इजरायलमै छन् । भर्ना प्रक्रिया अनलाइनबाटै प्रक्रियागत रुपमा संचालन हुन्छ । सर्वप्रथम आवेदनको सूचना जारी हुन्छ, त्यसपछि क्रमश छनौटको प्रक्रिया सुरु हुन्छ । आवेदन दिएकाहरुले अंग्रेजी भाषा परीक्षा र अन्तर्वार्ता पास गर्नुपर्ने हुन्छ । त्यसै अन्तिममा पास भएकाहरुलाई गोलाप्रथाबाट छनौट गरिन्छ । यस अघि ११७५ जना नेपाली कामदारको यस्तै प्रक्रियाबाट इजरायल रोजगारको लागि छनौट गरिएको थियो । तर यस पटक यस अघिको झन्झटिलो कुराहरुलाई ध्यानमा राखेर सहज प्रक्रिया अवलम्वन गर्ने मन्त्रालयले जनाएको छ । 

सामान्य लागतमा आकर्षक कमाइ हुने भएकाले इजरायलको रोजगारीमा युवाहरुको आकर्षण छ । इजरायल रोजगारीका लागि करिब एक लाख ६५ हजार लागत तोकिएको छ । साथै मासिक कम्तिमा दुई लाख कमाई हुन्छ । 

कृषि कामदारको रुपमा जान मापदण्ड तय नभएपनि यस अघिनै केयरगिभर पदमा जानेहरुको मापदण्ड तोकिएको थियो । जसमा श्रमिकले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, र सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमसमेत लिएको हुनुपर्ने मापदण्ड छ । त्यस्तै अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको छ भने १० कक्षा उत्तीर्ण गरेको भए पनि हुन्छ । केयर गिभरमा अज्ञानको लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने मापदण्ड छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते