Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तीन लाख कमिसनको चक्करले सडक मर्मत भएनन

By kit 9 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

पर्वत , नेपालीहरुको
महान पर्व बिजयादशमी र दिपावली आगाबै पर्वतका २४ वटा ग्रामीण सडक मर्मत
गर्ने तयारी भएपनि दशै शुरु भैसक्दा पनि काम थालिएको छैन । बाहिरबाट हेर्दा
बर्षा भएकाले सडक मर्मतको काम नभएको देखिएपनि यसको भित्री पाटो भने
कमिसनको खेल रहेको रहस्य खुलेको छ ।आजको खबर डबली साप्ताहिकले खबर छापेको छ ।

सडक मर्मतका लागि ठेकेदारहरुले घटीघटाउबाट आउने कमिसन बाँड्ने योजना अनुरुप
ठेक्का सम्झौता नगरेका कारण मर्मतको काम ढिलाई भएको खुलेको हो ।

जिल्ला बिकास समिति स्रोतले दिएको जानकारी अनुसार सडक मर्मतका लागि
अन्नपुर्ण निर्माण सेवाले २१ प्रतिशत कममा मर्मतका लागि टेण्डर हालेको थियो
। जिल्ला बिकास समितिले न्युनतम अंक कबोल गर्ने अन्नपुर्ण निर्माण सेवालाई
ठेक्का सम्झौता गर्ने क्रममा ठेकेदारहरुले मिलेमतो गरि त्यस भन्दा दोस्रो
कम राख्ने ठेकेदारलाई ठेक्का दिलाउनका लागि सम्झौता रोकेपछि सडक मर्मतको
काम हुन सकेको छैन । दोस्रो कम अंक कबोल गर्ने सुबेदी निर्माण सेवाले दुई
प्रतिशत भन्दा कम रकम कबोल गरेको छ।

थोरै रकम कबोल गर्ने निर्माण कम्पनीलाई ठेक्का सम्झौता गराएर घटीघटाउमा
जाने रकम ठेकेदारहरुले आपसमा बाँडफाँड गर्न सबैभन्दा न्युनतम अंक कबोल
गर्ने निर्माण कम्पनीलाई सम्झैता रोकिएका कारण अहिले सम्म मर्मतको काम
नभएको हो । २१ प्रतिशतबाट २ प्रतिशत भन्दा कम रकममा ठेक्का दिदा ३ लाख
रुपैया जिबिसलाई घाटा पर्छ । ‘घटिघटाउबाट बचेको रकमले थप एउटा वा दुई वटा
सडक मर्मत गर्न सकिन्थ्यो’ जिबिस स्रोतले भन्यो‘ठेकेदारले त्यही तीन लाख
बाड्नका लागि सम्झौत ागर्न पहिले नआएका कारण समयमा सडक मर्मत गर्न नसकिएको
हो’ दोस्रो कम रकम कबोल गर्ने निर्माण ब्यबसायीलाई जिबिसले ठेक्का सम्झौता
नगर्ने बरु नयाँ टेण्डर गर्ने बताएपछि बल्ल सबैभन्दा कम अंक कबोल गर्ने
निर्माण ब्यबसायी संग सम्झौता भएको छ। सम्झौता भएपनि काम थाल्ने बेला बर्षा
र दशै आएका कारण गाउँ फर्कने सर्बसाधरण पैदल हिड्न बाध् छन ।

वर्षायाममा बाढि पहिरोका कारण अवरुद्ध भएका सडकहरु दशै अगावै संचालन गर्ने
तयारी भएको थियो । वर्षायाम सकिनै लाग्दा दशै तिहारमा घर फर्कने र मालसामान
ढुवानी गर्न सहज होस् भन्ने उद्धेश्यले आकस्मिक मर्मत गर्न लागिए पनि दशै
अघि त्यसको संभावना टरेको छ। जिल्लाको सदरमुकाम कश्माबजारबाट सवै गाविसमा
पुग्न सकिने २४ वटा सडकलाई छनौट गरी दशै अगावै संचालन गर्ने तयारी भएपनि
काम शुरु हुन नसकेको प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बानियाँले बताए ।
दशैं लगत्तै बर्षा रोकिएमा मर्मतको काम थालिने भएको छ ।

जिल्ला विकास समितिलेले २४ वटा सडकको आकस्मिक मर्मतका लागि १५ लाख ६२
हजारमा टेण्डर आव्हान गरेको हो । वारीवेनी–माझँफाँट–लेखफाँट, मिलनचोक–
रातामाटा– भोटेडाँडा, मिलनचोक –सल्यान –घाखेत, खनियाँघाट– नाङलीङ,
अर्मादी–भाटेवारी–बनौ, कुश्मा–हलहले सडक मर्मत गरिने भएको छ । त्यस्तै
पातीचौर–बाजुङ–क्याङ, पातीचौर–मैदान–लप्सिबोट, मैदान–देउपुर–पुर्णगाउँ,
डिमुवा–दराक–चित्रे सडक पनि मर्मत गरिने भएको छ ।

त्यसैगरी हिलेखोला–कार्कीनेटा–लुंखु दोविल्ला– पकुवा– गंगटे– आर्थर,
पकुवा–छाप–राम्जाठाँटी पनि मर्मत गरिदै छ । सिल्मी–ठुलीपोखरी–कार्कीनेटा,
साईकलचोक–चुचुनदेउराली–थापाठाना–भँगरा, मुडिकुवा–झकलक–कुर्घा–लुंखु, पनि
मर्मत गरिने भएको छ ।

उता दक्षिण क्षेत्रका लुंखु–ज्यामीरे–हुवास, लुंखु–
पैंयुभन्ज्याङ–होश्राङ्दी, लुंखु–बालाकोट–दह,
चिसापानी–हुवास–वहाकी–बर्राचौर र डुड–मैदान बेउलीवास,
उरामपोखरा–वहाकीभन्ज्याङ, अर्नास–टकलाक सडक मर्मत गर्ने तयारी भएको थियो ।
वर्षायाममा गएको पहिरो पन्छाउन नसक्दा जिल्लाका मुख्य ग्रामिण सडकमा समेत
यातयातका साधान सञ्चालन हुन सकिरहेका छैनन । बाह्रैमास सञ्चालन हुने गरी
मर्मत गरिएका चारवटा सडकहरु दोबिल्ला–फलेबास, कुस्मा–दुर्लुङ्ग,
हिलेखोला–कार्किनेटा–लुंखु र चिसापानी–हुवास–बर्राचौर सडकमा बाहेक अन्य
सडकहरु ठप्प जस्तै बनेका छन् । यस बर्ष बर्षाका कारण धेरै स्थानमा सडकको
अवस्था बिग्रीएको छ । जसले गर्दा सामान्य मर्मत नगरे सम्म यातयात चलाउन
गाह्रो भएको छ ।

लामो समय सम्म सडक मर्मत नहुँदा यात्रुमात्रै सास्ती बेहोरेका छैनन सवारी
साधन समेत त्यसै थन्काउनु परेको गुनासो यातयात ब्याबसायीको छ । दोबिल्ला
फलेवास सडकमा मात्रै ठुलो संख्यामा सवारी साधन गुड्दै आएका छन तर मर्मत
नहुँदा निकै जोखिम मोलेर सवारीसाधान चलाउनुपर्ने अवस्था रहेको पर्वत यातयात
ब्याबसायी समितिले जनाएको छ ।