१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

१२ मंसिर २०८०, मंगलवार ०३:२७

मङ्सिर १२, काठमाडौँ | लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९र८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये ३ दशमलव ७७ प्रतिशत सर्लाहीवासी छन्। तर परीक्षामा उत्तीर्ण भई सरकारी सेवामा सिफारिस हुनेमा भने गुल्मेली ३ दशमलव ९५ प्रतिशत छन्।

आयोगको वार्षिक तथ्यांकअनुसार आव २०७९/८० मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका पाँच जिल्ला क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाका बासिन्दामा देखिएको छ। तर परीक्षा दिएर उत्तीर्ण भई आयोगबाट सरकारी सेवामा सिफारिस हुनेमा क्रमशः गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका बढी छन्।

उक्त आवमा सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबाट मात्र १६ प्रतिशत ९८१ हजार ४०३ वटा० दरखास्त परे। सोही आवमा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त परेका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा छन्।

ती जिल्लाबाट कुल ३ हजार ७३ मात्र ९०।६३ प्रतिशत० दरखास्त परेका थिए। आव २०७९र८० मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारले आयोगको परीक्षा पास गर्न सकेनन्। आयोगका अनुसार त्यस आवमा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ।

आव २०७९र८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए। यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५७६ जना छन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार