२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु कामदारमा कुवेत पठाइन्छन् नेपाली युवती

१३ मंसिर २०८०, बुधबार ०९:०६

मङ्सिर १३, काठमाडौँ  | सरकारले कुवेतलगायत खाडी मुलुकमा घरेलु मजदुर पठाउन प्रतिबन्ध लगाएको छ। तर, एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु मजदुरका रूपमा नेपाली युवतीहरूको तस्करी हुने गरेको छ। 

नेपाल र कुवेतमा देखाउन दुईथरी भिसा बनाएर पठाउने गरिएको छ। एउटा भिसा श्रम स्वीकृति प्राप्त गर्नका लागि बनाइएको देखिन्छ भने अर्को भिसा कामदारलाई उपलब्ध गराउन बनाइएको देखिन्छ। श्रम स्वीकृति प्राप्त गर्न दिइएको भिसामा कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छैन, कुवेत जानुको उद्देश्य कम्पनीमा काम गर्ने उल्लेख गरिएको छ। रोजगारदाता कम्पनीको नाम पनि भिसामा प्रस्टसँग खुलाइएको छ। यसलाई आधार बनाएर कुवेतस्थित दुतावासले श्रम स्वीकृतिका लागि पत्र लेखेको छ, जसमा श्रम सहचारी हेमकुमार अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ। 

तर, कुवेत पुगेपछि मजदुरलाई दिइने अर्को भिसामा भने प्रस्टसँग कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छ । अरबी भाषामा उल्लेखित उक्त भिसा सबैले पढ्न सक्दैनन्। तस्करी गरिएका युवतीले कुवेत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको चेकजाँचमा ‘घरेलु मजदुर’ उल्लेख नगरिएको भिसा देखाउँछन् र सजिलै कुवेत पुग्छन्। त्यहाँ पुगेलपछि अर्को भिसा प्रयोग गर्छन् र घरेलु मजदुरका रूपमा काममा लगाइन्छ। 

यसरी गैरकानुनी रुपमा कुवेत पुर्‍याइएका केही युवतीको विवरण प्राप्त भएको छ। तिमध्ये एक हुन्, सुनबर्सी– ५, मोरङकी आरतीकुमारी ऋषिदेव। ३० बैसाख ०८० मा उनको नाममा अंग्रेजी र अरबी भाषा उल्लेखित भिसा जारी भएको देखिन्छ। पिए १०६८७५८ नम्बरको राहदानीमा जारी भिसामा कम्पनीको नाम ‘मिस परेक्ट लाउन्ज सलुन एन्ड स्पा लेडिज ब्युटी’ उल्लेख छ। ‘हेयरड्रेसर’ काम तोकिएको छ। कुवेतस्थित नेपाली दूतावासले उनको श्रम स्वीकृति र उडान अनुमतिका लागि वैदेशिक रोजगार विभाग र अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई सिफारिसपत्र पठाएको छ। जसमा श्रम सहचारी अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ । 

आरतीकुमार ऋषिदेवको त्यही नम्बरको राहदानीमा नाममा अर्को भिसा पनि जारी भएको छ। जसमा कामको प्रकृति ‘डोमेस्टिक वर्कर’ भनी उल्लेख गरिएको छ। भिसा भने अरबी भाषामा जारी भएको छ। जसमा कुवेतको आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको ‘जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफेयर्स’को छाप छ। - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल