१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ओमन पुगेकी महिलाको हारगुहार–‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

४ माघ २०८०, बिहीबार ०३:०४

माघ ४, काठमाडौं | झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु-याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् ।

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो समस्या’भनेँ, एजेन्टले जहाजको टिकटको पैसा दिए निकाल्छु भन्यो, मैले पैसा पनि हालिदिएँ, तर एजेन्टले पैसा पाएपछि मेरो नम्बर नै ब्लक गर्यो, अब म कसरी नेपाल फर्किने हो ? मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्,’ उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन् ।

‘घर मलिकले मोबाइल फोन चलाइन नदिने, खान नदिने, घाँटी थिच्न आउने, कुटपिट गर्ने गरेकाले आफू धेरै बिजोक अवस्थामा रहेको उनले रुँदै बताइन् । काम गरेबापतको १ सय ओमानी रियल दिने गरेको भएपनि बन्दी जीवन जिएर बस्नु भन्दा नेपाल फर्कन चाहेको उनले बताइन् । केही काम बिग्रिए कुट्ने पिट्ने गरेको र मारेर टाउको फालीदिन्छु भनेर धम्की दिने गरेको पीडा पनि उनले सुनाइन् ।

उनले रुँदै भनिन्, ‘मैले बिस्कुट र पानी खाएर काम गर्नुपर्छ, घर मालिकले दैनिक एक घण्टा मात्र फोन चलाउन दिन्छ, एक घण्टा बढी भयो भने १५ दिनसम्म फोन नै दिँदैन, यहाँ बाँचे पनि मरे सरह अवस्था छ, मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्, म नेपाल फर्कन चाहन्छु, नेपाल जान्छु भन्दा ओमानी नागरिकले पाँच लाख रुपैयाँ दिए मात्र नेपाल पठाउने नत्र यहीँ मारेर फालिदिने धम्की दिने गरेको छ ।’

आफूलाई पठाउने एजेन्ट झापाको माया लिम्बु रहेको बताउँदै उनले भनिन्, ‘एजेन्टले हस्पिटलको काम हो, मासिक एक लाख रुपैयाँ हुन्छ भनेर मलाई पठाएको हो । तर यहाँ आएपछि ओमानी नागरिकको घरमा बिक्री हुन पुगेँ । अहिले एजेन्ट लिम्बु सम्पर्कविहीन भएकी छन्, घरमा बुबा ममी बिरामी हुनुहुन्छ, गरिव भएपछि कसको के नै लाग्दो रहेछ र ? पैसा तिरेर नेपाल फर्कन सक्ने अवस्था छैन । ओमानस्थित नेपाली दूतावासलाई पनि समस्या सुनाएँ, तर कुनै सुनवाई भएको छैन ।’ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक