२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

२०८०, २० माघ शनिबार ०३:१६

माघ २०, काठमाडौँ | काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् ।

उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । 'विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,' डा. श्रेष्ठले भनिन् ।

पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुग्ने धेरै छन् । गर्भनिरोधक औषधि प्रयोग गर्नेमा विवाहितको तुलनामा अविवाहित र कम उमेरका बढी छन् । 'धेरै त अविवाहित तर सम्बन्धमा रहेका युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गरेको पाइन्छ,' वरिष्ठ स्त्रीरोग विशेषज्ञ गीता गुरुङले भनिन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी