२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चीनमा छोराछोरीलाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई दियो मृत्युदण्ड

२०८०, २० माघ शनिबार ०३:३३

माघ २०, बेइजिङ | दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको आरोप छ ।

चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई 'बर्बर' भनेको छ।  दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो । तर मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन । चीनमा सामान्यतया विषको सुई लगाएर वा फायरिङ स्क्वाडको अगाडि गोली हानेर मृत्युदण्ड दिइन्छ।

अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे । झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए । 

यसका लागि यीले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् । नोभेम्बर २, २०२० मा, झाङले आफ्ना दुवै बच्चाहरूलाई १५ औँ तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिए ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी