चीनमा छोराछोरीलाई झ्यालबाट फालेर हत्या गर्ने दम्पतीलाई दियो मृत्युदण्ड

Posted on: 03 Feb, 2024

माघ २०, बेइजिङ | दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्डको सजाय दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो। त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको आरोप छ ।

चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई 'बर्बर' भनेको छ।  दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो । तर मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन । चीनमा सामान्यतया विषको सुई लगाएर वा फायरिङ स्क्वाडको अगाडि गोली हानेर मृत्युदण्ड दिइन्छ।

अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे । झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए । 

यसका लागि यीले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् । नोभेम्बर २, २०२० मा, झाङले आफ्ना दुवै बच्चाहरूलाई १५ औँ तलामा रहेको आफ्नो अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिए ।

-बीबीसीबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!