१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय

२६ माघ २०८०, शुक्रबार ०७:२६

माघ २६, काठमाडौँ | अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।

मालपोत कार्यालय डिल्लीबजारले बुधबार साँझ सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पत्राचार गर्दै २१ दिनभित्र जग्गा फिर्ता मालपोत कार्यालयमा उपस्थित हुन पत्राचार गरेको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूमिसुधार सचिव, भूमि व्यवस्था विभागका महानिर्देशक र मालपोत कार्यालयका प्रमुखलाई पटक–पटक निर्देशन दिएपछि चौधरी ग्रुपलाई कब्जा गरेको जग्गा फिर्ता गर्न समय तोकिएको हो। ‘गृहमन्त्रीको आदेशमा पटक–पटक बसेको बैठकबाट जग्गा फिर्ताको प्रक्रिया अघि बढेको हो,’ मालपोत उच्च स्रोतले भन्यो।

मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले च्याम्पियन फुटवेयर प्रालि र हालको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा पत्राचार गर्दै २१ दिनभित्र उपस्थित नभए कानुनबमोजिन हुने उल्लेख गरिएको छ। सो पत्र चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरले बुझेका छन्।

करिब ३६ वर्षदेखि चौधरी ग्रुपले भोगचलन गरिरहेको १० रोपनी जग्गामा सिआइबीले केही महिनायता अनुसन्धान गर्दै आएको थियो। गत साता सिआइबीले चौधरी ग्रुपका अरूण चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेर बुधबार हाजिर जमानीमा छाडेको थियो।

प्रहरीका अनुसार चौधरी र थापाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको भोगचलनमा पुगेको निष्कर्ष निस्किएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। वरिष्ठ मुटु सर्जन डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक भएपछि बाँसबारी छाला जुत्ता प्रकरण बाहिर आएको थियो।

२०७९ भदौ २५ गते सार्वजनिक भएको पुस्तकको ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा डा. कोइरालाले लेखेका छन्, ‘२०५८ सालमा म त्यहाँ (गंगालाल हृदय केन्द्र) जाँदा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाका नाममा रहेको जग्गा छरपस्ट भइसकेको थियो।

मुख्य कम्पाउन्डभित्रको जग्गा गंगालालको भोगचलनमा आइसकेको थियो। दक्षिणपट्टिको जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ।’ पुस्तकमा समावेश गरिएको सोही अंशका कारण यो प्रकरण बाहिर आएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल