१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली निरन्तर संवादमा

१४ फाल्गुन २०८०, सोमबार ०३:१०

फागुन १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् । 

त्यसपछि पनि दाहाल र ओलीबिच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ ।  एमालेका एक नेताले प्रधानमन्त्री दाहालले 'ललिपप' देखाइरहेको बताएका छन् । 'कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन,' ती नेताले भने । कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आङ्कलन छ । एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबिच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ