२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

२०८०, ५ चैत्र सोमबार ०७:५३

चैत ५, काठमाडौँ | रुसी सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ ।

शुक्रबार युक्रेनी सैनिकले आफ्नो कब्जामा रहेका पाँच जना नेपालीसहित आठ जनालाई सार्वजनिक गरेसँगै परराष्ट्र मन्त्रालयले पनि छुटाउनका लागि पहल सुरु गरिसकेको छ । यद्यपि, युक्रेनले युद्धबन्दी बनाइएकालाई रुससँग भएको सम्झौता रद्द गरेर आफ्नो मुलुकमा जाने सर्तमा मात्र छाड्न लागेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार युक्रेनी सेनाले शुक्रबार सार्वजनिक गरेकामा पाँच नेपाली, तीन क्युवाली तथा एक–एक जना सोमालिया र सियरालियोनका नागरिक रहेका छन् ।

युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारका तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।

युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका सञ्चारकर्मी आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडियोनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको थियो । उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेका बताइएको थियो ।

सैनिक पोसाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महिनाअघि रुसको राजधानी मस्को आएको बताएका थिए । एक एजेन्टले सेनामा भर्ती गर्न लागेको उनले बताएका थिए । रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौताबारे आफूलाई थाहा नभएको उनले भिडियोमा बताएका थिए । ‘केही महिनाको तालिमपछि म लडाइँमा गएको थिएँ, म अहिले युक्रेनमा छु,’ भिडियोमा पुनले भनेका छन्, ‘नेपालीलाई रुसमा नआउन अनुरोध गर्छु, रुसी राहदानी, पैसा पाउने आशामा यहाँ नआउन आग्रह गर्छु ।’

युक्रेनको कब्जामा रहेका नेपालीको अवस्था के छ भन्ने अज्ञात भइरहेका बेला शुक्रबार पाँच नेपालीसहित आठ नेपालीलाई सार्वजनिक गरेसँगै परिवारका आफन्तले सहानुभूति महसुस गरेका छन् । यसअघि विभिन्न समयमा युक्रेनले कब्जा भएका नेपालीहरूको भिडियो सार्वजनिक गर्दै आइरहेको थियो । तर, यसपटक भने आफ्नो नियन्त्रणमा रहेका सबैलाई एकैठाउँमा राखेर सार्वजनिक गरेको छ ।

नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भइरहेको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच कुराकानी भइरहेका छन् । युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको विभिन्न समयमा भिडियो पनि सार्वजनिक गरेको थियो ।

शुक्रबार सार्वजनिक भएका नेपालीहरूले आफूहरू रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर स्वदेश फर्कने वाचा गरेका छन् । युद्धबन्दी बनाइएका सबैलाई सो प्रतिबद्धता गर्न लगाइएको छ । युक्रेनले बन्दीहरूलाई कहिले छाड्छन् भन्नेबारेमा पनि जानकारी दिएको छैन ।

नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकलाई रिहाइ गर्नका लागि कूटनीतिक कदम चालेको थियो । तर, रिहा भएपछि रुस फर्किएमा भने रुसले सैन्य सम्झौता तोड्न सकस हुने भएकाले नेपालले सिधै स्वदेश फर्काउनेगरी पहल गरिरहेको छ ।

युक्रेनले युद्धबन्दीलाई सार्वजनिक गर्दै रुससँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित मुलुकलाई पनि अपिल गरेको छ । तेस्रो मुलुकका नागरिक यस युद्धमा सामेल नहून् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ । रुसी सेनामा भर्ना नहुन युक्रेनले विदेशी नागरिकलाई सार्वजनिक अपिल गरिरहेको छ ।

रुसले आफ्ना तर्फबाट युद्धमा सामेल गर्नका लागि विदेशी नागरिकलाई विभिन्न योजना ल्याएर प्रलोभनमा पार्दै आइरहेको छ । सोही प्रलोभनमा परेसँगै रुसमा २१ मुलुकका नागरिक भाडाको सैनिकका रूपमा युक्रेनसँग युद्ध लडिरहेका छन् । युक्रेनले युद्धमा कब्जामा लिँदा विभिन्न मुलुकका नागरिक सामेल भएका पाएपछि कूटनीतिक रूपमा युद्धमा सामेल भएका मुलुकलाई आफ्ना नागरिक युद्धमा नपठाउन आग्रह गर्ने भएको छ ।

रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएर गएका १९ जना नेपालीको मृत्यु भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्नेबारेमा नेपालले पटकपटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन । -राजधानी  दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण