२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जेठी श्रीमतीले जेल हालिन्, निस्किनासाथ कान्छीले हत्या गराइन्

९ चैत्र २०८०, शुक्रबार १२:१८

चैत ९, काठमाडौँ | कास्कीको मादी गाउँपालिका १ तउरेतीस्थित जंगलमा मृत फेला परेका सिन्धुपाल्चोकका रामबहादुर तामाङको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर चारै जना अभियुक्तलाई सार्वजनिक गरेको हो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षीय तामाङको हत्या उनकै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ। घरबाट सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर हिँडेका रामबहादुर फागुन ३० गते काठमाडौं आएका थिए। काठमाडौंबाट उनी साथीहरूसँगै कास्कीको सिक्लेसस्थित हाइड्रोपावर कम्पनीमा काम गर्न बाटो लागेका थिए। तर उनको शव चैत ३ गते सिक्लेस जंगलमा फेला परेको थियो। उनको टाउकोमा गम्भीर चोट देखिएको छ।  


हत्या अभियोगमा प्रहरीले उनीसँगै काम गर्न भनि हिँडेका धन लामा, नविन तामाङ भन्ने फुर्वा लामा र अजित तामाङ भन्ने छे दोर्जे लामालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको छ। उनकी कान्छी श्रीमती च्याङमा लामा तथा पेम्वा लामा भन्ने कान्छी लामा तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा पक्राउ गरेर कास्की लगिएको छ। उनीहरू चारजनाकै मिलेमतोमा हत्या भएको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

यसरी भयो हत्या

२०८० चैत ३ गते दिउँसो ११ बजे कास्कीको मादी गाउँपालिका १ तउरेती नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्ड नजिकै एक पुरुषको शव फेला पर्‍यो। अन्दाजी ३५/४० वर्षका पुरुषको शव बाटोभन्दा अन्दाजी ३० मिटर तल भिरमा थियो। टाउकोमा चोट लागेको अवस्थामा शव देख्ने व्यक्तिले प्रहरीलाई खबर गरे। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र प्रदेश प्रहरी कार्यालय पोखराबाट अनुसन्धानमा टोली खटाइएको थियो।

मृतकको तत्काल पहिचान खुल्न नसकेपछि प्रहरी सुरुमा मृतकको परिचय खुलाउनतर्फ लाग्यो। बुझ्दै जाँदा ती सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा बोल्देका ३६ वर्षीय रामबहादुर तामाङ भएको खुल्यो। हत्या गरेर फालेको निस्कर्षसहित प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा हत्यारा पत्तान लगाउने प्रयास गर्यो। अनुसन्धान टोली नै गठन गरेर प्रमाण संकलनसँगै सीसीटीभी फुटेज लगायतबाट पनि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धान गर्ने क्रममा सीसीटिभी फुटेजको आधारमा प्रहरी हत्या आरोपीसम्म पुग्न सफल भयो।

रामबहादुर फागुन अन्तिम साता घर गएर बुबाआमासँग भेट गरी फर्किएका थिए। सुरुमा उनले सिन्धुपाल्चोककै मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनि निस्किएका थिए। तर पछि उनी काठमाडौं आए र यसबारे बाबुलाई पनि जानकारी गराएका थिए। फागुन ३० गते राति काठमाडौंबाट उनी साथीहरूसँगै सिक्लेसस्थित हाइड्रो पावरमा काम गर्नका लागि त्यसतर्फ लागेका थिए।

चैत १ गते चिप्ली भन्ने स्थानमा रहेको लाइक ट्राउट फार्म एण्ड रेस्टुरेन्टको सीसीटीभी फुटेजमा रामबहादुरसहित ४ जना पुरुषहरू जाँदै गरेको देखिएको थियो। तर घटनापछि उनीहरू फेला परेका थिएनन्। उनीहरू फरार भएपछि उनीहरूले नै हत्या गरेको आशंकामा खोजि गरिरहेको प्रहरीले उनीहरू तीनै जनालाई काठमाडौंमा फेला पारेको हो। 

श्रीमतीकै योजनामा हत्या

रामबहादुरको हत्या उनकै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ। यसअघि जेठी श्रीमतीले उनलाई जेल पुर्‍याएकी थिइन्। रामबहादुर र कान्छी लामाबीच ५/६ वर्ष पहिलेबाट नै मनमुटाव रहेको खुलेको छ। उनीहरू पछिल्लो समय सम्बन्धमा खटपट भएपछि छुट्टा छुट्टै बस्ने गरेको पाइएको छ। उनले पहिले नै कान्छीसँग बिबाह गरे पनि जेठी श्रीमतीले भने २ वर्ष पहिले मात्रै थाहा पाएकी थिइन्। आफू हुँदाहुँदै कान्छी ल्याएको थाहा पाएपछि उनले उजुरी गरिन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरी परेपछि उनी बहुबिबाहको कसुरमा जेल परेका थिए। ६ महिनाअघि जेलबाट निस्किएपछि पनि कान्छी श्रीमतीसँग उनको राम्रो हुन सकेन। जेठीसँग पनि सम्बन्ध बिग्रिएको थियो।

जेलबाट निस्किएपछि पनि पटक पटक कान्छी श्रीमतीसँग उनको झगडा परेको खुलेको छ। रामबहादुरसँग सम्बन्ध राम्रो हुन नसकेपछि कान्छी लामाले अलग हुने योजना बनाएको प्रहरी समक्ष बताएकी छन्। यसका लागि केही रकम खर्च गर्न पनि उनी तयार थिइन्। पछिल्लो समय उनी आरोपी मध्येकै धन लामासँग प्रेममा थिइन्। उनले यो कुरा धन लामालाई पनि जानकारी गराएकी थिइन्। धन लामा ५ वर्ष अगाडि सिन्धुपाल्चोकको हाइड्रोपावरमा रामबहादुरसँगै स्काभेटरको सहचालक थिए। काम गर्ने क्रममा धन लामालाई रामबहादुरले ढुंगाले टाउकोमा हानेको र त्यतिबेलादेखि नै आफूलाई रामबहादुरसँग रिस रहेको बताएका छन्।

आफूलाई पनि रिस रहेको र कान्छीले पनि यसलाई पन्छाउन परो कति खर्च गर्नुपर्छ म गर्छु भनेकाले हत्या गरेको बताएका छन्। चैत १ गते बाटोमा उनीहरू चारै जनाले रक्सी खाएका थिए। बाटोमा रामबहादुरले आफूलाई तथानाम गाली गरेको र त्यसपछि पछाडीबाट ढुंगाले टाउकोमा हानेको धन लामाले प्रहरीलाई बताएका छन्। त्यसपछि मुक्का प्रहार गरेको र चल्न चटपटाउन छाडेपछि घिसार्दै बाटोभन्दा तल लगेर खोल्सामा फालेको उनले बताएका छन्। रामबहादुरको साथमा भएको २ हजार रकम लिई अन्य सामान झाडीमा फालेका थिए।

त्यसपछि धन लामाले फोन गरेर कान्छी लामा तामाङलाई जानकारी गराएका थिए। उनले फोनमा घटनाबारे अन्य दुई जनाले पनि देखेको र उनीहरूको मुख टाल्नका लागि पैसा माग गरेका थिए। उनले पठाएको इ सेवामा कान्छी लामाले ९० हजार रुपैयाँ जम्मा गरिदिएकी थिइन्। धन लामाले काठमाडौं आएपछि उक्त रकम निकालेर छे दोर्जे लामा र फुर्वा लामालाई २०/२० हजार रुपैयाँ दिएका थिए। बाँकी ५० हजार रुपैयाँ आफैंसँग राखेका थिए। पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यानसम्बन्धि कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद लिएर अनुसन्धान सुरु गरेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै