१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रामहरि हत्याकाण्ड- कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकियो शव, १५ वर्षसम्म यसरी बचे कालीबहादुर

२० चैत्र २०८०, मंगलवार १२:१९

चैत २०, काठमाडौँ । अपहरण र हत्या घटनाको १५ वर्षपछि माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । हतियार र नगद चोरी गरेको भन्दै खाम नेतृत्वको समूहले व्यापारी रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको आरोप छ ।

सोही मुद्दामा केहीले सजाय काटेर जेलमुक्त भइसक्दा खाम पक्राउ परेका थिएनन् । घटनालगतै उनी फरार रहेका थिए । राजनीतिक संरक्षणका कारण खाम कसरी बचिरहेका थिए र घटना के थियो ?

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा जनमुक्ति सेनाको तेस्रो डिभिजन थियो । कोटेश्वरमा तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो ।

जुन घर व्यापारी रामहरि श्रेष्ठको थियो । सम्पर्क कार्यालय कोटेश्वरबाट ०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल हरायो । घटना छानबिनका लागि भन्दै तेस्रो डिभिजन कमान्डर कालीबहादुर खामले एक टोली बनाए ।


चितवनको शक्तिखोरमा रहेका थिए, खाम । उनले तत्कालीन ब्रिगेड कमान्डर गोविन्दबहादुर बटालाको नेतृत्वमा छानबिन टोली गठन गरे ।

त्यो टोलीलाई काठमाडौंबाट केही मान्छे ‘उठाएर ल्याउन’ भन्दै पठाए । वैशाख १५ गते राति बटालासहितको टोली काठमाडौं आएर व्यापारी रामहरि श्रेष्ठसहितलाई अपहरण गरेर चितवन लगे  । अपहरण गर्ने टोलीमा केशव अधिकारी र गङ्गाराम थापा पनि थिए ।

अपहरण गरेर चितवन लगिएकाहरूलाई अपहरण गरेर लैजाने समूहका डिभिजनका ब्रिगेड कमान्डर बटालाले सोधपुछ गरे । व्यापारी रामहरि श्रेष्ठले आफूले पैसा र पेस्तोल नलिएको बताए ।

तर, खामको निर्देशनमा ब्रिगेड कमान्डर बटालाले व्यापारी रामहरि श्रेष्ठमाथि कुटपिट गरे । ‘पैसा कहाँ छ ? पेस्तोल कहाँ छ ?’ भन्दै कुटपिट गर्दै सोधिरहे । मरणासन्न अवस्थामा पुगेपछि व्यापारी रामहरि श्रेष्ठ बेहोस भए ।

त्यसपछि उपचारका लागि गाडीमा हालेर अस्पताल लैजान लाग्दा रामहरि श्रेष्ठको बाटोमै ज्यान गयो । उपचारका लागि काठमाडौं ल्याइँदै थियो । नारायणगढ–मुग्लिङ सडकको भालुढुंगामा मृत्यु भयो ।

त्यसपछि उनको शव ब्रिगेड कमान्डर बटालाले नारायणी नदीमा फालिदिए । शव तन्नामा राखेर झोलुङ्गे पुलको बीचबाट नारायण नदीमा फालेको ब्यहोराको विवरण बटालाले प्रहरी र अदालतमा बयान दिएका थिए । यही विवरण घटनालगतै जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनले प्रहरीमा पठाएको थियो।

घटनापछि रामहरि श्रेष्ठकी पत्नी रमिलाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । शक्तिखोरमै रामहरि बन्धक रहेको समयमा सम्पर्क कार्यालय रहेको काठमाडौंको घरमा खोजी भएको थियो । श्रेष्ठको घरको शौचालयमा टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख भेटिएको थियो । र भर्‍याङ मुनि पेस्तोल फेला परेको थियो ।

तत्कालीन पत्रपत्रिकामा प्रकाशित समाचारका अनुसार भने रामहरि श्रेष्ठको मृत्यु वैशाख २६ गते बिहान ११ बजे चितवनस्थित शिक्षण अस्पतालको आइसियुमा भएको थियो ।

घटनापछि प्रहरीको खामसहित अरू फरार भए । रामहरि श्रेष्ठसँगै काठमाडौंबाट लगिएका केशव अधिकारी, गङ्गाराम थापा अनि अर्जुन कार्की पनि फरार भए । थापा खामकै अङ्गरक्षक थिए ।

रामहरि श्रेष्ठको ज्यान गएपछि अपहरण गर्ने र कुटपिट गर्ने बटालाले कुटपिटको दोष केशव अधिकारी र गङ्गाराम थापामाथि थपेर आफू निर्दोष रहेको बयान दिए । फरार रहेका सवारी चालक पछि अदालतमा उपस्थित भए । उनले गाडी चलाउनेबाहेक काम आफूले नगरेको बताए ।

फरार रहेका सबैको फाइल मुल्तबीमा राखेर जिल्ला अदालत चितवनले दुई पटक मुद्दाको फैसला गर्यो‍ । ०६८ जेठ १७ गते बटालालाई ३ वर्ष कैद फैसला भयो ।

६ महिनापछि मङ्सिर २० गते सवारी चालकलाई घटनामा संलग्न नभएको तर घटना भएको देख्दादेख्दै मौन बसेको भन्दै केही रकम जरिवानाको फैसला सुनायो । उनी पुनरावेदन अदालत गएनन् ।

बटाला पुनरावेदनमा गए । चालक र बटाला दुवैलाई कम सजाय भयो भनी सरकारी वकिल कार्यालयले पनि पुनरावेदन हाल्यो ।

शव गाडीमा राखी गायब गर्ने काममा मतियार भएकाले चालकमाथि पनि सजाय हुनुपर्ने माग सरकारी वकिलको थियो । तर, पुनरावेदनमा पनि त्यही फैसला भयो । त्यो बेलादेखिनै खामलाई भने ‘फरार’ बनाइएको थियो ।

व्यापारी रामहरि श्रेष्ठलाई कोटेश्वरको घरबाट अपहरण गर्दादेखि शक्तिखोर पुर्‍याउँदा, कुटपिट गर्दा र मरेपछि उनको शव त्रिशूलीमा फाल्दा विभिन्न कसुर आकर्षित हुन्थ्यो ।

तर, मुद्दाको अभियोजन गर्ने प्रहरी र सरकारी वकिलले अपहरण तथा शरीर बन्धक, कुटपिट र ज्यान मारेको मुद्दा नचलाई ‘कर्तव्य ज्यान’को अभियोगमा मात्रै मागदाबी गरेको थियो ।

यसरी अपराधलाई सङ्कुचित बनाउँदा अपहरणमा संलग्नहरूले उन्मुक्ति पाएका थिए । जसले गर्दा केशव अधिकारी र गङ्गाराम थापा मात्रै कुटपिटमा संलग्न भएको अर्थ लगाइयो । अरू ठुला नेताहरु बचेका थिए ।

त्यहीबापत पनि खाम अहिलेसम्म बच्न सफल भएका थिए । उनी खुलमखुला हिँडे पनि शत्ता र शक्तिको आडमा कानुनबाट बचिरहेका थिए । राजनीतिक संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

शिविरमा बसेका माओवादी कमान्डरहरूले घरमा बसेको व्यक्तिलाई पेस्तोल देखाएर नियन्त्रणमा लिएको घटनालाई प्रहरीले अपहरणका रूपमा विषयवस्तु नउठाएकोले मुद्दा कमजोर बनेको थियो । जसकारण फैसलामा ‘अपहरण’ शब्द भएन ।

जिल्लाबाट फैसला भइसकेपछि भने प्रहरीले कालीबहादुर खाम, बटालालगायतमाथि अपहरणको मुद्दासमेत चलायो । अपहरण तथा शरीर बन्धकको अभियोगको मुद्दा हाल पनि विचाराधीन छ ।

त्यही मुद्दामा अहिले खाम पक्राउ परेका छन् । खामविरुद्ध चिनियाँ व्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैयाँ लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।



 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार