कात्तिक २३, काठमाडौं । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौं । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गो"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुले भारतमा यसरी फसाइन् देउवालाई !

२३ कार्तिक २०७३, मंगलवार ०२:२३


कात्तिक २३, काठमाडौं । ‘म भारतको पुत्र थिएँ र प्राचिन भरतीय विचारको प्रचारक हुन्,’ दलाई लामाले प्रत्यक्ष भिडियो प्रसारणमार्फत बोलेर भारतको पर्यटकीय राज्य गोवामा भाजपा निकछ थिंक ट्याकंले आयोजना गरेको सेमिनार उद्घाटन गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उद्घाटन समारोहका प्रमुख वक्ताका रुपमा सहभागि थिए ।

सहभागिमध्येमा तिब्बती शरणार्थीहरुद्वारा चुनिएका प्रधानमन्त्री डा. लोब्साङ साङ्गे पनि थिए । गत शनिबार मुख्य वक्ता रहेका साङ्गेले भने, ‘तिब्बती आन्दोलन मेड इन इण्डिया हो ।’

भावी प्रधानमन्त्रीका रुपमा प्रक्षेपित देउवा र तिब्बती नेता लोब्साङलाई सेमिनारको वक्ताको रुपमा डाकिनु र दलाई लामालाई उद्घाटन गर्न लगाउनुभित्र भारतको रणनीतिक स्वार्थ बुझ्न सकिन्छ ।

चीनले दक्षिण एसियामा प्रभाग बढाउँदै जाँदा धर्मशालामा दलाई लामालाई राखेर चीनमाथि राजनीतिक दबाब सृजना गर्ने गरेको भारतले अर्को अस्त्र फ्याँक्दै छ ।

यसको ग्राण्ड डिजाइन भारतमा धेरै अघि गरियो र गोवाबाट मूत रुप दिने रणनीति चालियो । योजना अनुसार भारतले पश्चिमा शक्तिको आडमा नेपाली भूमिबाट तिब्बती गतिविधि बढाउने र त्यसका लागि देउवालाई सत्ताका पुर्याएर प्रयोग गर्ने रणनीति सम्म बनाएको छ ।

यस घटनापछि देउवा पश्चिमाहरुको एजेण्ट मात्र नभई भारतको समेत एजेन्ट बन्न पुगेका छन् । देउवाको यही समपर्णका कारण उनलाई जेएनयुले सम्मान पनि गरेको छ । यस्तै सम्मान रुसी राष्ट्रपति गोर्वाचोभलाई नोबेल शान्ति पुरस्कारबाट न्यूयोर्कमा गरिएको थियो ।

देउवा पछिल्लो समय भारतका अतिप्रिय हुँदै गएका छन् । देउवाको भारतसँगको सम्बन्ध सुदृढ बनाउन पत्नी आरजु राणाले निकै भूमिका खेलिन् । जोगीदेखि भारतका प्रभावशाली अधिकारीसम्मलाई दिल्लीका गल्ली गल्ली पुगेर भेटिन् ।

पछिल्लो समय देउवाको भारत भ्रमणको चाँजोपाँचो मिलाउन आरजु नै मुख्य खेलाडी बनिन् । पश्चिमाहरुसँग निकट सम्बन्ध राखेकी आरज र देउवाको लगनगाँठोमा समेत राजनीति अन्र्तनिहित छ । रणनीतिक चातुर्य भएकी आरजुले देउवालाई सत्तामा पुर्याउन देउवालाई अर्को चक्रब्यूँमा पर्न तयार बनाएकी छिन् ।

उनै आरजुले देउवालाई उकासेर राजालाई लोकतन्त्र बुझाउने अवस्थामा पुर्याएकी थिइन् । अहिले भारतसँगको लम्पसारवाद र देशको भू–राजनीतिक संवेदनशीलतालाई समेत भूलेर तिब्बती धार्मिक गुरुले उद्घाटन गरेको सेमिनारमा सहभागि भए ।

सोही सेमनारमा सहभागि तिब्बती प्रधानमन्त्री साङ्गेसँग अनौपचारिक भेटवार्ता गरे । यसमा भारतीय सत्तापक्षको योजना देखिन्छ । -दृष्टि साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का