मङ्सिर ६, काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । 

महाअभियोगको सामना गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । 

महाअभियोगको सामना गरि"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोग अलपत्र पारी सभामुखको विदेश मोह

६ मंसिर २०७३, सोमबार ०१:४८

मङ्सिर ६, काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । 

महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी हुन् ।

प्रमुख दलबीच सहमति नहुँदा महाअभियोग प्रभावित भएको बताएकी सभामुख आफैं विदेश भ्रमणमा निस्किएपछि त्यो अलपत्र परेको छ । गत ९ कात्तिमा सुरु भएको महाअभियोग प्रस्तावमाथिको छलफल चाडबाड परेका कारण २५ कात्तिकमा मात्रै भएको थियो । तर, त्यसपछि लगातार बैठक बस्नुपर्नेमा नराखी महाअभियोग प्रस्तावमाथिको छलफल धीमा गतिमा अघि बढाइएको हो ।

आइतबार महाअभियोग प्रस्तावमाथिको छलफल समितिमा पठाउने भनिए पनि पठाइएको छैन । बैठक दिउँसै स्थगित भएको थियो । सभामुख ओनसरी घर्ती मगर आइतबार साँझ एक हप्ते विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोग प्रस्तावलाई आइतबार नै महाअभियोग सिफारिस समितिमा पठाउने घोषणा गरेकी सभामुख घर्ती मगरले त्यसबारे निर्णय नै नगरी अलपत्र छाडेकी हुन् ।

आइतबार दिउँसो १ बजे सुरु भएको व्यवस्थापिका–संसद्मा कार्यसूचीमा रहेका अन्य सबै विषयलाई हटाएर महाअभियोग प्रस्तावमाथि छलफल सक्ने तयारी उनले गरेकी थिइन् । तर, उनले जम्मा तीनजनालाई मात्र छलफलमा भाग लिन समय दिएकी थिइन् । जसमा एमालेका टुकराज सिग्देल, ममता गिरी र जनकबहादुर बूढाले मात्र भाग लिएका थिए ।

कार्यसूचीमा कम्पनी (पहिलो संशोधन) विधेयक र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकलाई प्रवेश गराइएको थियो । तर, उनको त्यो तयारी गरे पनि त्यसबारे कुनै निर्णय नै नगरी १४ मंसिरसम्म बैठक स्थगित गरेकी हुन् । 

उनी आइतबार राति रसिया प्रस्ताव गरेकी छन् । उनी १२ मंसिरमा नेपाल फर्कने कार्यक्रम रहेको छ । सभामुख घर्तीमगरको यस निर्णयप्रति सांसदहरूबाटै विरोध भएको छ । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो