मङ्सिर ६, काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । 

महाअभियोगको सामना गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । 

महाअभियोगको सामना गरि"/>

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाअभियोग अलपत्र पारी सभामुखको विदेश मोह

२०७३, ६ मंसिर सोमबार ०१:४८

मङ्सिर ६, काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । 

महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी हुन् ।

प्रमुख दलबीच सहमति नहुँदा महाअभियोग प्रभावित भएको बताएकी सभामुख आफैं विदेश भ्रमणमा निस्किएपछि त्यो अलपत्र परेको छ । गत ९ कात्तिमा सुरु भएको महाअभियोग प्रस्तावमाथिको छलफल चाडबाड परेका कारण २५ कात्तिकमा मात्रै भएको थियो । तर, त्यसपछि लगातार बैठक बस्नुपर्नेमा नराखी महाअभियोग प्रस्तावमाथिको छलफल धीमा गतिमा अघि बढाइएको हो ।

आइतबार महाअभियोग प्रस्तावमाथिको छलफल समितिमा पठाउने भनिए पनि पठाइएको छैन । बैठक दिउँसै स्थगित भएको थियो । सभामुख ओनसरी घर्ती मगर आइतबार साँझ एक हप्ते विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोग प्रस्तावलाई आइतबार नै महाअभियोग सिफारिस समितिमा पठाउने घोषणा गरेकी सभामुख घर्ती मगरले त्यसबारे निर्णय नै नगरी अलपत्र छाडेकी हुन् ।

आइतबार दिउँसो १ बजे सुरु भएको व्यवस्थापिका–संसद्मा कार्यसूचीमा रहेका अन्य सबै विषयलाई हटाएर महाअभियोग प्रस्तावमाथि छलफल सक्ने तयारी उनले गरेकी थिइन् । तर, उनले जम्मा तीनजनालाई मात्र छलफलमा भाग लिन समय दिएकी थिइन् । जसमा एमालेका टुकराज सिग्देल, ममता गिरी र जनकबहादुर बूढाले मात्र भाग लिएका थिए ।

कार्यसूचीमा कम्पनी (पहिलो संशोधन) विधेयक र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकलाई प्रवेश गराइएको थियो । तर, उनको त्यो तयारी गरे पनि त्यसबारे कुनै निर्णय नै नगरी १४ मंसिरसम्म बैठक स्थगित गरेकी हुन् । 

उनी आइतबार राति रसिया प्रस्ताव गरेकी छन् । उनी १२ मंसिरमा नेपाल फर्कने कार्यक्रम रहेको छ । सभामुख घर्तीमगरको यस निर्णयप्रति सांसदहरूबाटै विरोध भएको छ । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा