मङ्सिर ६, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ६, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्"/>

१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र बाबुरामलाई इतिहास र जनताले दण्डित गर्नेछन्: विप्लब

६ मंसिर २०७३, सोमबार ०२:०२


मङ्सिर ६, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । सम्झौताको एक दशक पुगेको अवसरमा राजधानीमा आइतबार पार्टीनिकट मानव अधिकारवादी संस्था जनअधिकार अभियान नेपालले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै चन्दले यस्तो बताएका हुन् । 

‘प्रचण्डको सरकारले हामीलाई महँगीविरुद्ध र राष्ट्रियताको पक्षमा पोस्टर टाँस्नसमेत दिएन, पञ्चायतमा समेत यति साह्रो हुँदैनथ्यो, के अब हामीले प्रचण्डको सरकारलाई प्रजातान्त्रिक सरकार मान्ने ?’ चन्दले भने, ‘सम्झौता गर्ने भए राजासँग पनि शान्ति सम्झौता गर्न सकिन्थ्यो, तर राजनीतिक परिवर्तनको साझेदारी गर्न संसदीय दलहरूसँग आएका हौं, सम्झौतै गर्नुहुन्न भन्ने होइन तर आत्मसमर्पण गरिएको छ । प्रचण्ड र बाबुराम भट्टराईलगायतलाई इतिहास र जनताले दण्डित गर्नेछन् ।’

चन्दले माओवादीका केही नेतालाई ‘व्यवस्थापन’ गरेर, सम्झौताको बाटोमा ल्याएर शान्ति नआउनेसमेत चेतावनी दिए । पुष्पकमल दाहाल र भट्टराई समय क्रममा एक ठाउँमा पुगे पनि जनता उही ठाउँमा छुटेको उनको भनाइ थियो ।

उनीअघि बोल्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले शान्ति सम्झौताका नाममा त्यस बेलाको पार्टी नेतृत्व पुरानो सत्तासामु ‘लम्पसार परेको’ आरोप लगाए । लोकतान्त्रिक गणतन्त्र आउनु उपलब्धि भए पनि त्यसबाट जनगणतन्त्रमा फडको मार्ने रणनीतिबाट नेतृत्व विमुख भएकाले पार्टीमा उदासीनता छाएको उनको भनाइ थियो । ‘सम्झौता सफल भयो भन्छन्, साथीहरू,’ दाहाल र भट्टराईलाई संकेत गर्दै वैद्यले प्रश्न गरे, ‘पश्चगामीको हातमा सत्ता बुझाएर महान् उपलब्धि भयो भन्ने ?’

उनले क्रान्तिकारी माओवादी शक्तिलाई संसदवादमा लगेर विसर्जन गर्ने शान्ति सम्झौता नै गलत भएको तर्क गरे । तीन ठूला दलको नेतृत्वले आफूलाई गणतन्त्रको ‘बडेराजा ठानेको’ भन्दै त्यसो नगर्न चेतावनी पनि उनले दिए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पुरानो सत्ताले हराउन नसकेको, आफूहरूले पनि जित्न नसकेको अवस्थामा विस्तृत शान्ति सम्झौता भएको भन्दै त्यसलाई अन्यथा नसोच्न आग्रह गरे । 

संविधानप्रति नकारात्मक व्याख्या बढी भए पनि दलित, उत्पीडित वर्गका लागि अरू देशभन्दा अग्रगामी व्यवस्था यसमा परेको भन्दै उनले नागरिकताको सवालमा अझै पितृसत्तात्मक सोच देखिएको तर्क गरे । -कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकीकृत समाजवादीसँग एकताको समझदारी भएको छ: वामदेव गौतम दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो भीम रावलले मातृभूमि जागरण अभियान चलाउने अन्नपूर्ण क्षेत्रमा पर्यटककाे नयाँ रेकर्ड वामदेव फेरि आलोकनगरमा, माधवसहित नेकपा एसका ७ नेता वार्तामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ मुकुल ढकाललाई पार्टीमा पुनर्बहालीको माग गर्दै दुई प्रदेश सभापतिले दर्ता गराएको पत्रमा के छ? एमालेले सदस्यता नै खोसेपछि विकल्प खोजेँ : भीम रावल पत्रकार सम्मेलनमा रावलले के भने ? आजदेखि जन्मेको पुस्ताले पाउनेछन् नयाँ नाम ‘जनरेशन बिटा’ ! पाँच एसएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ? भारतको होटलमा आमासहित एकै परिवारका पाँच सदस्य मृत फेला, २४ वर्षीय छोरा पक्राउ मुकुल ढकाललाई पुनःपदमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई पत्र राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फैसला आज, जाला त सांसद पद ? सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय फिल्म बन्यो पुष्पा–२ , बाहुबली–२ को रेकर्ड तोडियो जनवरी १ तारिखमा नयाँ वर्ष मनाउने चलन कहिलेदेखि शुरु भयो ? सहकारी ठगी मुद्दाको थुनछेक बहस: रविलगायतका पक्ष–विपक्षमा आज क–कसले गर्दैछन् वहस ? गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते आज बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको कति? प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना