2026-09-19 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पतिले दिएर गएको ‘रोग’

मंसिर १७, घोराही | दाङ हेलुकली ३७ वर्षीया महिला शरिरमा एचआइभी, एड्स पालेर ३ सन्तानको भविष्यका लागि बाँचिरहेकी छन् । 

उनका पति २०६० सालमा विते । छुट्टीमा घर आउने तथा फेरि कमाउन भारत फर्कने पतिको नियमित प्रक्रिया लामो समय चल्यो। उनी पनि धेरै पटक पतिका साथ भारत गएर बस्थिन । जिन्दगीको लामो यात्रामा आफ्ना पतिलाई गम्भीर रोग लागेको भन्ने उनलाई पत्तै भएन ।

न पतिले नै कहिलै उनलाई यो रोगका बारेमा भने । २०५९ सालको अन्त्यतिर पतिलाई एचआइभी संक्रमणले अन्तिम अवस्थामा पुर्याइसकेको उनले थाहा पाएकी थिइन। औषधि उपचार भयो। केही सिप लागेन । पति बिते ।

पति बितेपछि चिकित्सकले उनी तथा छोराछोरीलाई पनि एचआईभी परीक्षण गराउन सल्लाह दिए । सबैको स्वास्थ्य परीक्षण भयो । दुई छोरा र छोरीको नतिजा निगेटिभ भयो । उनलाई पोजेटिभ ।

‘मैले त्यतिबेला भगवान्लाई धन्यवाद दिएँ, किनकि छोराछोरीको काल पनि मैले बोकेकी थिएँ’, उनले भनिन्, ‘अहिले छोराछोरीको भविष्यका लागि पतिको रोग पालेर बाँचिरहेको छु ।’ संक्रमितको शरीरमा जीवाणुसँग लड्ने ताकत दिने एआरभी औषधि उनले नियमित रूपमा खाइरहेकी छन् ।

‘पतिले छाडेको रोगले कति बेला लैजान्छ थाहा छैन, औषधिका भरमा अझै केही वर्ष बाँच्छु भन्ने त लागेको छ’, रोग नलागेका अन्य महिलाजस्तै तन्दुरुस्त देखिने उनले भनिन् । पति मुम्बईमा काम गर्ने श्रीगाउँकी ३३ वर्षीया अर्की महिला पनि एचआईभी संक्रमणबाट पीडित छन् ।

भारतबाट छुट्टीमा आएका बेला उनका पति बिरामी परे । उनलाई उपचारका लागि नेपालगन्ज लगियो । परीक्षण गर्दा एचआईभी पोजेटिभ देखियो । त्यो पनि अन्तिम अवस्थामा । परीक्षणपछि चिकित्सकले उनलाई केही भनेनन् । ‘तपाईं नआत्तिनुस्, आफन्तलाई बोलाउनुस् मात्रै भने’, उनले भनिन्, ‘घरबाट दिदीलाई बोलाएँ । – अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ