पुस १९, काठमाडौं । संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ । सीमांकन हेरफेर प्रस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, काठमाडौं । संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ । सीमांकन हेरफेर प्रस"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको आदेशपछि संसद् खुलाउन खुलाउन एमाले लचिलो

१९ पुष २०७३, मंगलवार ०१:५४

पुस १९, काठमाडौं । संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ । सीमांकन हेरफेर प्रस्ताव असंवैधानिक रहेको दाबीसहित संविधान संशोधन विधेयक छलफलका लागि रोक लगाउन अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार त्यस्तो आदेश जारी गर्नु नपर्ने फैसला गरेलगत्तै एमाले अवरोध खुलाउन लचक बनेको हो । 

गत १६ मंसिरयता सोमबारसम्म एमालेसहित नौ विपक्षी दलले आठौँपटक संसद् अवरोध गर्दै आएका थिए। एमाले नेताहरूले सीमांकन हेरफेर असंवैधानिक हुने पार्टीले राख्दै आएको अडान स्थापित हुने गरी नै अदालतको फैसला आएको दाबी गर्दै छलफल र मतदान गर्ने संसदीय प्रक्रिया नरोक्ने बताएका छन्। यद्यपि, यसबारे एमालेले औपचारिक निर्णय भने गरिसकेको छैन।

‘अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णयपछि अब संसद्मा प्रक्रिया रोक्न मिलेन,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘त्यसैले अब प्रक्रियाका लागि एमाले तयार नहुने भन्ने हुँदैन।’ उनले पार्टीमा छलफल भइनसके पनि अदालतको निर्णयपछि आफू संसद्मा टेबुल गर्ने कुरामा अवरोध गर्न नहुने पक्षमा रहेको स्पष्ट पारे ।

अदालतको निर्णयपछि संविधान संशोधन विधेयक र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज एमाले स्थायी समिति बैठक बस्ने भएको छ। स्थायी समितिबाटै विधेयकमाथिको प्रक्रिया अघि बढाउन अवरुद्ध संसद् खोल्ने निर्णय हुन सक्ने एमाले नेताहरूको भनाइ छ ।

‘हामी अदालतको निर्णयबारे आज स्थायी समिति बैठकमा गहिरो विश्लेषण गर्छौं, एमाले संसद् र संविधानको सर्वोच्चता स्वीकार गर्ने एउटा लोकतान्त्रिक पार्टी भएकाले अदालतको आदेशको सम्मान गर्छौं,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘आज कार्यव्यवस्था परामर्श समितिमा कसरी प्रक्रिया अघि बढाउने विषयमा अन्य दलहरूसँगको समेत छलफलबाट साझा धारणा बनाउने प्रयास गर्छौं।’

एमालेको दाबी सीमांकन हेरफेर असंवैधानिक प्रमाणित

अदालतको आदेशले सीमांकन हेरफेर असंवैधानिक रहेको पार्टीको अडान स्थापित भएको एमालेको दाबी छ। संविधानको धारा २७४ अनुसार प्रदेशसभाको सहमति लिएर मात्रै सीमांकन हेरफेर गर्न सकिने कुरालाई ठीक मान्दै अदालतले आदेशको पाठमै उल्लेख गरेको दाबीसहित एमालेले पार्टीको अडान स्थापित भएको बताएको हो ।

संसद् संघर्षको रूप फेरियो, सडक खबरदारी यथावत्: योगेश भट्टराई

संसद्भित्र विधेयक छलफल गर्न बन्देज नगर्ने अदालतको निर्णयको फैसलाको सम्मान गर्छौं। यसले संसद् र संविधानको सर्वोच्चता स्थापित गरेको छ । फैसलाले संसद्लाई संविधानको सीमाभित्र रहेर काम गर्न, सीमांकनका सवालमा संविधानको पालना नगरे न्यायिक निरुपण हुन सक्ने र खारेज हुन सक्ने पूर्व घोषणासमेत हुनु सुखद कुरा हो ।

त्यसैले हामी हाम्रो मान्यताअनुसार प्रक्रियामा सामेल हुन्छौँ, असंवैधानिक एजेन्डा पारित गर्न दिन्नौँ । अदालतको फैसलासँगै संसद्भित्र एमालेले गर्दै आएको संघर्षको रूप फेरिनेछ, तर आमजनतामार्फत सडकबाट खबरदारी गर्ने काम जारी राख्दै २२ गतेको जनप्रदर्शन यथावत् रूपमै सम्पन्न हुनेछ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’