पुस १९, काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा  १५ वटा ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १९, काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा  १५ वटा ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दिनमा १५ वटा ट्याक्सीमा मात्रै बिलिङ सिस्टम जडान

१९ पुष २०७३, मंगलवार ०२:१८

पुस १९, काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा  १५ वटा ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन् । 

पुस १७ देखि २३ गते बा.२ज ३००० देखि बा.२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबारदेखि प्रिन्टर जडान सुरु गरेको हो । 

‘आइतबार तीन र सोमबार १२ वटा गरी जम्मा १५ वटा ट्याक्सीले बिलिङ प्रणाली जडान गरेका छन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले भने । आगामी दिनमा प्रणाली जडान गर्ने ट्याक्सीको संख्यामा वृद्धि हुने उनको भनाइ छ ।

यसअघि सरकारले कम्प्युटर बिलिङ प्रणाली थाल्नुअघि नै २२ वटा ट्याक्सीले प्रणाली जडान गरिसकेका थिए । अहिलेसम्म कुल ३७ वटा ट्याक्सीमा बिलिङ प्रणाली जडान भएको छ । ट्याक्सी चढ्दा उपभोक्तालाई ठगिनबाट बचाउन र ट्याक्सी सञ्चालनलाई विश्वसनीय बनाउन सरकारले आइतबारदेखि कम्प्युटर बिलिङ प्रणाली जडान गर्न सुरु गरेको हो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’