पुस २८, काठमाडौं | सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २८, काठमाडौं | सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै"/>
2026-07-11 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाबाट महिला बलात्कार भएको सर्वोच्चको ठहर (यस्तो थियो घटनाक्रम)

पुस २८, काठमाडौं | सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो। 

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ (घ) ले महिलाले महिलालाई बलात्कार गर्नसक्ने व्याख्या गरेको हो। 

नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ।  अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले सुनाएको छ।

संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो। 

संयुक्त इजलासको फैसलामा भनिएको छ, “हाम्रो सन्दर्भमा हेर्दा लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ बाट थप भई मुलुकी ऐन जबर्जस्ती करणीको महलको १ (घ) मा गुदद्वार वा मुखमा लिङ्ग पसाएमा वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था भएको देखिन्छ।  यसबाट जबर्जस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुनसक्छ भन्ने अवधारणालाई हाम्रो कानुनले पनि स्वीकार गरेको देखिन्छ। ”

यस्तो थियो घटनाक्रम

फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए।  प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए।  दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए।

लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो।  सोही योजना अनुसार लाक्पा प्रेमिका भेट्न सेदुवा पुगेका थिए।  सेदुवामा प्रेमिका भेट गरी लाक्पा उक्त दिन प्रेमिकाकै मामाघरमा बसे।  मामाघरमा खाना खाएर सुत्ने क्रममा लाक्पाले प्रेमिकालाई आफैँसँग बोलाई सँगै बस्न आग्रह गरे। प्रेमीको आग्रह अनुसार यमुना उनीसँगै बसिन्।  वादी प्रतिवादीले अदालतमा दिएको बयान अनुसार दुवैको सहमतिमा यौन कार्य भयो।  तर, घटनाको भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो। 

सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो।  शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो।  लाक्पाले प्रेमको प्रपञ्च गरी बालिका यमुनालाई कृत्रिम लिङ्ग प्रयोग गरी बलात्कार गरेको आरोप लागेको थियो। 

आरोप अनुसार सङ्खुवासभा जिल्ला अदालतले लाक्पालाई ६ वर्ष कैद सजाय सुनाएको थियो तर तत्कालीन पुनरावेदन अदालत धनकुटाले जिल्लाको फैसला केही उल्टी गरी सात वर्षको सजाय सुनाएको हो।  पुनरावेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनरावेदनको फैसला सदर गरी फौजदारी विधिशास्त्रमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिरसमेत प्रतिपादन गरेको हो। – गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट