माघ १३, नुवाकोट । खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १३, नुवाकोट । खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दि"/>

2026-09-18 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस नेता महत सहभागी कार्यक्रममा झडप, ४७ राउन्ड गोली प्रहार, सात घाइते


माघ १३, नुवाकोट । खानीगाउँ गाविसको ढिकुरेमा जागरणसभा लिएर गएका डा. रामशरण महतको कार्यक्रम स्थानीयले बिथोल्न खोजेपछि झडप भएको छ । पुनर्संरचनाको विरोधमा ११ दिनदेखि आन्दोलनरत स्थानीयले सभा बिथोल्ने प्रयास गरेका थिए। झडप नियन्त्रणका लागि प्रहरीले ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । 

झडपमा एक सशस्त्रसहित सातजना घाइते भएका छन्। डा.ब महत सहभागी जागरणसभा बिथोल्न आएकालाई नियन्त्रणमा लिन ४७ राउन्ड रबरका गोली र २३ राउन्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए। प्रहरीले पहिला लाठीचार्ज गरेको थियो। तर, भीड नियन्त्रण नभएपछि गोली चलाएको उनले बताए।

तीनजनालाई रबरको गोली लागेको छ। लाठी प्रहारबाट अरू तीनजना घाइते छन्। सशस्त्र प्रहरीका एकजना पनि घाइते भएको प्रहरीले जनाएको छ।

रबरको गोलीबाट सूर्यमति–२ का सुजन न्यौपाने, लक्ष्मण गुणी र सूर्यमति–१ का कान्छा भण्डारी घाइते छन्। यस्तै प्रहरीको लाठीचार्जबाट थानसिंह–७ कानवराज रोका, सूर्यमति–१ का कृष्ण गजुरेल र सूर्यमति–२ का विकास मगर घाइते छन्।

जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिका बदर गरिएपछि २ माघबाटै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। प्रस्तावित सो गाउँपालिकामा पर्ने खानीगाउँ, थानसिंह, सूर्यमति र चौघडा गाविस ११ दिनदेखि बन्द गरी स्थानीय आन्दोलनमा उत्रिएका छन्। बन्द खुलाउन भन्दै डा. महत जागरणसभा गर्न सो स्थान पुगेका थिए। सय जनाभन्दा बढी सुरक्षाकर्मीका साथ पुगेका डा. महतविरुद्ध चर्को नाराबाजी भएको थियो।

कडा सुरक्षा घेरामा डा. महतले सभालाई सम्बोधन गरेका थिए। उनले बन्द गरेर स्थानीयलाई दुःख दिन नहुने बताए। पुनर्संरचना आयोगले सरकारलाई बुझाएअनुसार नै सीमांकन हुनुपर्ने उनको भनाइ छ।

चारै गाविसका आन्दोलनकारीले गत ७ माघमा विदुरमा जिविसको कार्यालय तोडफोड गरेका थिए। जिल्लाको पूर्वी भेगलाई जोड्ने सडक यिनै गाविस हुँदै गएकाले ११ दिनदेखि बन्द हुँदा पूर्वी भेगका स्थानीय समस्यामा परेका छन् । -आजको नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई