माघ १४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ । 

बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ । 

बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्"/>

2026-07-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाटा हुँदाहुँदै निगमले फेरि चीनबाट नयाँ विमान किन ल्यायो ?

2017-01-27

माघ १४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चीनबाट एमए-६० विमान काठमाडौं आइपुगेको छ । 

बिहीबार साँझ ५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमले ५६ सिट क्षमताको विमान आन्तरिक उडानका लागि ल्याएको हो । 

निगमले यसअघि नै चीनबाट दुईवटा विमान ल्याइसकेको छ। चीनमा निर्मित एमए-६० र वाई १२ ई विमानले व्यावसायिक उडान भरिरहेका छन्। तर, निगमले दुवै विमानको उडानमा घाटा सहँदै आएको छ। आन्तरिक उडानमा घाटा सहेरै भए पनि निगमले चीनबाट तेस्रो विमान भित्र्याएको हो ।

निगमले विमान ल्याउन एक साताअघि नै अपरेसन विभागका निर्देशक क्याप्टेन आरके शेरचन र इन्जिनियर पोषक ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय टोली चीन पठाएको थियो। अर्को १८ सिट क्षमताको वाई १२ विमान शनिबारसम्म नेपाल आइपुग्ने निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले बताए । 

निगमले बाँकी दुईवटा वाई १२ विमान ६ महिनाभित्र ल्याउने भएको छ ।

एमए-६० विमानको कलसाइन नम्बर नाइन एनएकेआर पाएको छ । विमानले छिट्टै आन्तरिक उडान सुरु गर्ने निगमले जनाएको छ। दुई विमान भित्रिएपछि निगमसँग आन्तरिक तथा वाह्य उडानका लागि एउटा बोइङ, दुईवटा एयरबस, दुईवटा एमए-६०, दुईवटा वाई १२ ई र एउटा ट्विनअटर जहाज हुनेछ । एउटा बोइङ र ट्विनअटर विमान ग्राउन्डेड छन् ।

चिनियाँ विमानले घाटा

चिनियाँ विमानकै कारण निगमले आन्तरिक उडानमा घाटा बेहोर्दै आएको छ । निगमलाई गत आर्थिक वर्षमा आन्तरिक उडानबाट ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको थियो । निगमले अन्तराष्ट्रिय उडानबाट नाफा कमाएर आन्तरिक उडान सेवा सञ्चालन गरिरहेको छ। चिनियाँ जहाज उड्नेभन्दा बढी ग्राउन्डेड हुने भएकाले घाटा बढेको हो ।

निगमका अनुसार चिनियाँ विमान वाई १२ ले गत आवमा जम्मा एक सय दुईवटा उडान गरेर ६ सय २२ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले चालू आवको पहिलो चार महिनामा जम्मा ८५ उडान गरेर दुई सय ९५ जना यात्रु बोको छ । एमए ६० ले गत वर्ष नौ सय ६ वटा उडान गरेर २० हजार नौ सय यात्रुलाई सेवा दिएको थियो। यो वर्षको चार महिनामा तीनसय सात उडानबाट पाँच हजार नौ सय यात्रुलाई सेवा दिएको उल्लेख छ । -अन्नपूर्ण पोष्ट दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली