माघ १९, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादु"/>
2026-07-08 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई कसले दियो चुनाव रोक्न दबाव ?

2017-02-01

माघ १९, काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् । बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने दिइएको दबाब अस्वीकार गर्दै सभापति देउवाले प्रधानमन्त्री दाहाललाई उल्टै निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब बढाइरहेका छन् ।

‘देउवालाई संविधान संशोधन गरेपछि मात्रै चुनावमा जान भनेर एउटा छिमेकी मुलुकको संस्थापन पक्षले दबाब दिइरहेको छ तर त्यसलाई मान्नुभएको छैन,’ उनी निकटस्रोतले भन्यो, ‘बरु त्यस्तो दबाबका बाबजुद उहाँ कुनै पनि हालतमा स्थानीय चुनाव गर्नुपर्छ भनेर लागिरहनुभएको छ ।’

बाह्य दबाबबारे एमाले शीर्ष नेताहरुसँग समेत कुराकानी भइरहेको जानकारी स्रोतले दियो । स्रोतअनुसार स्थानीय निर्वाचनको सबालमा पछिल्लो समय प्रतिपक्ष नेकपा एमाले र कांग्रेसबीच समान धारणा बन्दै गएको छ ।

बाह्य दबाबपछि आक्रोशित देउवाले सत्तारुढ कांग्रेस–माओवादी र मोर्चाबीच पुस १२ गतेको बैठकमा प्रधानमन्त्री दाहाललाई निर्वाचन मिति घोषणा गर्न निकै दबाब दिएका थिए । पुस १३ गते तीन दलको बैठक बोलाउन प्रधानमन्त्रीलाई दबाब दिएर स्थानीय चुनावमा जाने निर्णय नै गराए ।

त्यसपछि पुस २९ गते बसेको सत्तारुढ–मोर्चा बैठकमा पनि उक्त दबाब दिए र सोमबारको बैठकमा उनले मधेसी मोर्चासँग निर्वाचनबारे ‘अन्तिम प्रश्न’ गर्न भ्याएका छन् ।

‘स्थानीय चुनावका लागि दबाब बढाइरहेका देउवाले हिजो (सोमबार) पनि तपार्इंहरु स्थानीय चुनावमा जाने कि नजाने ? भनेर सोध्नुभयो,’ रामसपाका महासचिव केशव झाले नागरिकसँग भने, ‘हामीले पुरानै कुरा जान्न भन्यौं ।’ उनका अनुसार देउवाले निर्वाचनसम्बन्धी बिषय सोही बैठकमा टुंग्याउन जोड पनि गरे ।

पछिल्लो समय देउवानिकट हुुन पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद नारायण खड्काले प्रधानमन्त्री दाहालले तत्काल चुनावको मिति घोषणा नगरे कांग्रेसले राजीनामा माग्ने संकेत मंगलबार गरेका थिए । त्यस्तो संकेत स्वयं देउवाले पनि दाहालसँग गत आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा पनि गराइसकेका छन् ।

‘प्रधानमन्त्रीले यही माघभित्रै निर्वाचन मिति घोषणा गर्नुपर्छ, गर्न सक्नुभएन भने कुर्सीमा बसिरहनुको कुनै अर्थ हुँदैन, राजीनामा दिएर बाटो खोलिदिनुपर्छ,’ खड्काले रिपोर्टस क्लबमा भने । सो कार्यक्रमबाट सांसदसमेत रहेका खड्काले दाहाल सरकारको आयुको पनि स्मरण गराउन भ्याए ।

‘माघभित्रै निर्वाचन मिति घोषणा गरे मात्रै वैशाखमा स्थानीय तहको निर्वाचन हुन्छ, माघमा पनि निर्वाचन मिति घोषणा नगर्ने हो भने जेठमा पनि चुनाव हुन सक्दैन,’ खड्काले भने, ‘त्यसै त कांग्रेससँग सम्झौता भएअनुसार यो सरकारको आयु वैशाखसम्म मात्रै हो ।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली