फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा तयार भयो चाैधरी ग्रुपकाे भव्य शाश्वतधाम

२०७३, २ फाल्गुन सोमबार ०१:३९


फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ ।

उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द्र सरस्वती र आर्ट अफ लिभिङ फाउन्डेसनका संस्थापक गुरुदेव श्री श्री रविशंकरको विशेष उपस्थिति रहने छ ।

शाश्वतधामले आइतबार सिजी औद्योगिक पार्कभित्र पत्रकार सम्मेलन गरी शाश्वतधामका आकर्षण र यसको उद्घाटन समारोहबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शाश्वतधाम निर्माणमा १४ वर्ष समय लागेको जानकारी दिए ।

 ‘शाश्वतधाम सबैको हो, नेपालको गौरव हो’, चौधरीले भने, ‘शाश्वतधाम निर्माणमा समय र रकम धेरै नै लगानी भए पनि यसको मूल्य निर्धारण हुन सक्दैन । हामीले खर्चको रेकर्ड राखेका पनि छैनौँ ।’ खजुखाहो शैलीमा निर्माण गरिएको इकाम्बरेश्वरा शिव मन्दिर शाश्वतधामको प्रमुख आकर्षण रहेको र गुरुकुल, सात्विक रेस्टुराँ, गौशालालगायत दर्जनभन्दा बढी क्षेत्रको अवलोकन गर्न सकिने प्रबन्ध निर्देशक चौधरीले बताए ।

शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुने चौधरी ग्रुपका अध्यक्ष तथा शाश्वतधाम संस्थापक विनोद चौधरी बताउँछन् । ‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सबैको भावनाको कदर स्वरूप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक ऊर्जा प्राप्त गर्नेछन्’, संस्थापक चौधरी भन्छन्, ‘यहाँ मानिसले शान्तिपूर्ण तथा ऊर्जायुक्त वातावरणमा मानसिक शान्ति र 

आत्मीय आनन्दको अनुभव गर्न सक्नेछन् ।’ सनातन कालदेखि सम्पदाको रूपमा रही आएको आध्यात्मिक ज्ञानको गंगामा डुबुल्की मार्न चाहनेका लागि शाश्वतधाम एक उत्कृष्ट गन्तव्य बन्ने उनको विश्वास छ।

शाश्वतधामका प्रमुख कार्यकारी अधिकृत आशुतोष चावलाले शाश्वतधाम स्थापनाका लागि उद्योगपति विनोद चौधरीलाई प्रेरणा दिएपछि यसको परिकल्पना गरिएको जानकारी दिए । – अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा