फागुन ८, काठमाडौं | ‘अपराध जति लुकाए पनि लुक्दैन’। यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा। आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ८, काठमाडौं | ‘अपराध जति लुकाए पनि लुक्दैन’। यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा। आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उ"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराध जति लुकाए पनि लुक्दैन (यसरी समातिए हत्यारा)

८ फाल्गुन २०७३, आईतवार ०१:३२

फागुन ८, काठमाडौं | ‘अपराध जति लुकाए पनि लुक्दैन’। यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा। आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उम्किन सकेनन्।  

२०५५ सालमा कास्कीमा भएको एक हत्या घटनाका मुख्य अपराधी अधिकारी कानुनबाट जोगिन नारायणबहादुर अधिकारी र जीवन अधिकारी नामबाट जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकताको दुइटा प्रमाणपत्र लिन सफल भए।  

सोही नागरिकताका आधारमा २०६८ सालबाट जीवन अधिकारीको नामबाट राहदानी बनाई नारायण वैदेशिक रोजगारीका लागि साउदी अरब पलायन भए।  करिब छ वर्षअघि साउदी अरब गएका अधिकारीलाई त्यहीँबाटै पक्राउ गर्न प्रहरी सफल भएको छ। 

करिब १३ वर्षअघि कास्कीका शिवराज थापा ‘सुयल’को हत्यामा संलग्न अधिकारीविरुद्ध २०५७ सालमा जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।  सो फैसला बेरुजू राख्न नाममात्र होइन स्थानसमेत परिवर्तन गर्दै आएका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको हो। 

नेपाली सेनाको झापास्थित सिंहनाथ गण चारआलीमा सिपाहीका रूपमा कार्यरत अधिकारीले श्रीमती इन्दिरा अधिकारीमाथि दुव्र्यवहार गरेको रिसमा गाउँकै छिमेकी थापामाथि खुर्पा प्रहार गरी हत्या गरेपछि सोही दिन साँझ झापास्थित आफू कार्यरत गणमा हाजिर भएका थिए।  अपराध जति लुकाए पनि लुक्दैन भनेझैँ अन्ततः उनी जीवन अधिकारीका रूपमा नभई नारायण अधिकारीका रूपमा पक्राउ परेका हुन्।

स्थानीय प्रहरीले अधिकारीलाई हत्याको अभियोगमा तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दा सेनाले नियन्त्रणमा लिइ कारवाही स्वरूप सैनिक हिरासतमा राखेको थियो तर अधिकारी सैनिक हिरासतबाट भागेर नाम परिवर्तन गरी लुकिछिपि बस्दै आएका थिए।

प्रहरीका अनुसार कानुनी कारबाहीबाट जोगिन उनले नाम मात्र परिवर्तन गरेनन् भारत र अरवमा समेत पुगेका थिए। – गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन