फागुन ८, काठमाडौं | ‘अपराध जति लुकाए पनि लुक्दैन’। यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा। आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ८, काठमाडौं | ‘अपराध जति लुकाए पनि लुक्दैन’। यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा। आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उ"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपराध जति लुकाए पनि लुक्दैन (यसरी समातिए हत्यारा)

२०७३, ८ फाल्गुन आईतवार ०१:३२

फागुन ८, काठमाडौं | ‘अपराध जति लुकाए पनि लुक्दैन’। यस्तै घटना भयो, कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा। आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उम्किन सकेनन्।  

२०५५ सालमा कास्कीमा भएको एक हत्या घटनाका मुख्य अपराधी अधिकारी कानुनबाट जोगिन नारायणबहादुर अधिकारी र जीवन अधिकारी नामबाट जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकताको दुइटा प्रमाणपत्र लिन सफल भए।  

सोही नागरिकताका आधारमा २०६८ सालबाट जीवन अधिकारीको नामबाट राहदानी बनाई नारायण वैदेशिक रोजगारीका लागि साउदी अरब पलायन भए।  करिब छ वर्षअघि साउदी अरब गएका अधिकारीलाई त्यहीँबाटै पक्राउ गर्न प्रहरी सफल भएको छ। 

करिब १३ वर्षअघि कास्कीका शिवराज थापा ‘सुयल’को हत्यामा संलग्न अधिकारीविरुद्ध २०५७ सालमा जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।  सो फैसला बेरुजू राख्न नाममात्र होइन स्थानसमेत परिवर्तन गर्दै आएका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको हो। 

नेपाली सेनाको झापास्थित सिंहनाथ गण चारआलीमा सिपाहीका रूपमा कार्यरत अधिकारीले श्रीमती इन्दिरा अधिकारीमाथि दुव्र्यवहार गरेको रिसमा गाउँकै छिमेकी थापामाथि खुर्पा प्रहार गरी हत्या गरेपछि सोही दिन साँझ झापास्थित आफू कार्यरत गणमा हाजिर भएका थिए।  अपराध जति लुकाए पनि लुक्दैन भनेझैँ अन्ततः उनी जीवन अधिकारीका रूपमा नभई नारायण अधिकारीका रूपमा पक्राउ परेका हुन्।

स्थानीय प्रहरीले अधिकारीलाई हत्याको अभियोगमा तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दा सेनाले नियन्त्रणमा लिइ कारवाही स्वरूप सैनिक हिरासतमा राखेको थियो तर अधिकारी सैनिक हिरासतबाट भागेर नाम परिवर्तन गरी लुकिछिपि बस्दै आएका थिए।

प्रहरीका अनुसार कानुनी कारबाहीबाट जोगिन उनले नाम मात्र परिवर्तन गरेनन् भारत र अरवमा समेत पुगेका थिए। – गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !