फागुन ८, काठमाडौं | आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडांैको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ८, काठमाडौं | आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडांैको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक "/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा…

८ फाल्गुन २०७३, आईतवार ०३:०४

फागुन ८, काठमाडौं | आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडांैको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु¥याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ । 

सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो। अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए। सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम पर्यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए।

महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले भने । 

एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन्। ‘अपहरणमा युवतीको भूमिका देखिन्छ, अवस्था के हो ? उनलाई पक्राउ गरी अनुसन्धान गरेपछि मात्रै थाहा हुनेछ,’ एसपी कार्कीले भने। प्रहरीका अनुसार अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा थुनेर राखिएको थियो। गेस्ट हाउसका कर्मचारीले ढोका खोल्दा अग्रवालको मुखमा पट्टी बाँधिएको थियो भने होटलको ढोका बाहिरबाट बन्द गरिएको थियो। अग्रवालले ढोका ढक्ढकाएपछि बल्ल होटेल कर्मचारीले ढोका खोलेका थिए । 

कर्मचारीले प्रहरीलाई दिएको जानकारी अनुसार मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा उनी भेटिएका थिए। प्रहरीका अनुसार युवतीले गेस्ट हाउसको कोठामा लगेपछि होटलमै रहेका उनका तीन पुरुष साथीले अग्रवाललाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ सुरु गरेका थिए। त्यसपछि अग्रवालले तत्काल आफ्नो साथमा रहेको ७२ हजार नगद र ८ लाख रुपैयाँको चेक थमाएपछि उनीहरू त्यहाँबाट भागेका थिए। काठमाडौंमा लामो समयपछि यस्तो अपहरण भएको हो।

अग्रवालको पसलमा काम गर्ने ती महिलाको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन