फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ "/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा राजदुत बनेकी लामाको कम्पनीविरुद्ध २३ मुद्दा, प्रतिव्यक्ति ७ लाखसम्म ठगेको भेटियो

१३ फाल्गुन २०७३, शुक्रबार ०६:१०

फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ । सबैभन्दा बढी यूएईबाट फर्केका कामदारले नै मुद्दा हालेका छन् ।

म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजारदेखि ७ लाख रुपैयाँसम्म ठगी गरको पीडितको भनाइ छ । लामाको म्यानपावर कम्पनी जब ट्र्याक रिक्रुटिङ (लाइसेन्स नम्बर ४५८/६०/६१) बाट यूएई, साउदी अरब र कुवेत पुगेर फर्किएका कामदारले सम्झौता अनुसारको काम, तलब र सेवा सुविधा नदिएको उजुरीमा उल्लेख गरका छन् । उजुरी गर्नेमा महिला कामदारसमेत छन् । लामा जब ट्र्याककी सञ्चालकका साथै प्रबन्ध निर्देशक हुन् । म्यानपावर कम्पनीमा उनको १५ हजार कित्ता सेयर छ ।

पीडितहरूले जबर्जस्ती राहदानी लिएको, ठगी गरको भन्दै म्यानपावर कम्पनीलाई कारबाही गरी क्षतिपूर्ति रकम दिलाइदिन विभागसमक्ष उजुरी गरका हुन् । यूएईबाट फर्केर उजुरी हाल्नेमा कल्याण कटुवाल (एक लाख १० हजार), अनिशा लामा, अजय तामाङ (९० हजार), विनोद सुनुवार (९० हजार), रोशनप्रसाद दाहाल (१ लाख ४० हजार), सन्तोष गुरुङ (२० हजार), कृष्णप्रसाद अधिकारी (७ लाख ६ हजार), खुम्बाबहादुर भुजेल (१ लाख ५ हजार), मधुकृष्ण नापित (१ लाख ५

हजार), कामना तामाङ (४ लाख ४० हजार), ताराकुमारी तामाङ (१ लाख १० हजार), तुलसी श्रेष्ठ (१ लाख १० हजार) र बिजु मगर (१ लाख ११ हजार ४ सय रुपैया) छन् ।

साउदीबाट फर्किई मुद्दा हाल्नेमा सविता नेपाली (५५ हजार), रामबहादुर विक (८२ हजार), कृष्णबहादुर थापा (८० हजार), हरिबहादुर थापा (८० हजार), सुवर्ण तामाङ (८० हजार), लालबहादुर निरौला (साउदी अरब), कालिका गौतम, अजयकुमार चौधरी, बिहारी मुखिया (७५ हजार), रामअवतार साह (७५ हजार), रराम सुगारथ (७५ हजार) र प्रविनकुमार चौधरी छन्। कुवेतबाट फर्केर आएका दिनेशबहादुर क्षत्री (एक लाख), अक्कलबहादुर बिष्ट (एक लाख), निमाछिरी शेर्पा (९० हजार) र जगतप्रसाद विश्वकर्मा (एक लाख रुपैया) ले पनि विभागमा उजुरी दिएका छन् । - कान्तिपुर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर