फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ "/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा राजदुत बनेकी लामाको कम्पनीविरुद्ध २३ मुद्दा, प्रतिव्यक्ति ७ लाखसम्म ठगेको भेटियो

२०७३, १३ फाल्गुन शुक्रबार ०६:१०

फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ । सबैभन्दा बढी यूएईबाट फर्केका कामदारले नै मुद्दा हालेका छन् ।

म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजारदेखि ७ लाख रुपैयाँसम्म ठगी गरको पीडितको भनाइ छ । लामाको म्यानपावर कम्पनी जब ट्र्याक रिक्रुटिङ (लाइसेन्स नम्बर ४५८/६०/६१) बाट यूएई, साउदी अरब र कुवेत पुगेर फर्किएका कामदारले सम्झौता अनुसारको काम, तलब र सेवा सुविधा नदिएको उजुरीमा उल्लेख गरका छन् । उजुरी गर्नेमा महिला कामदारसमेत छन् । लामा जब ट्र्याककी सञ्चालकका साथै प्रबन्ध निर्देशक हुन् । म्यानपावर कम्पनीमा उनको १५ हजार कित्ता सेयर छ ।

पीडितहरूले जबर्जस्ती राहदानी लिएको, ठगी गरको भन्दै म्यानपावर कम्पनीलाई कारबाही गरी क्षतिपूर्ति रकम दिलाइदिन विभागसमक्ष उजुरी गरका हुन् । यूएईबाट फर्केर उजुरी हाल्नेमा कल्याण कटुवाल (एक लाख १० हजार), अनिशा लामा, अजय तामाङ (९० हजार), विनोद सुनुवार (९० हजार), रोशनप्रसाद दाहाल (१ लाख ४० हजार), सन्तोष गुरुङ (२० हजार), कृष्णप्रसाद अधिकारी (७ लाख ६ हजार), खुम्बाबहादुर भुजेल (१ लाख ५ हजार), मधुकृष्ण नापित (१ लाख ५

हजार), कामना तामाङ (४ लाख ४० हजार), ताराकुमारी तामाङ (१ लाख १० हजार), तुलसी श्रेष्ठ (१ लाख १० हजार) र बिजु मगर (१ लाख ११ हजार ४ सय रुपैया) छन् ।

साउदीबाट फर्किई मुद्दा हाल्नेमा सविता नेपाली (५५ हजार), रामबहादुर विक (८२ हजार), कृष्णबहादुर थापा (८० हजार), हरिबहादुर थापा (८० हजार), सुवर्ण तामाङ (८० हजार), लालबहादुर निरौला (साउदी अरब), कालिका गौतम, अजयकुमार चौधरी, बिहारी मुखिया (७५ हजार), रामअवतार साह (७५ हजार), रराम सुगारथ (७५ हजार) र प्रविनकुमार चौधरी छन्। कुवेतबाट फर्केर आएका दिनेशबहादुर क्षत्री (एक लाख), अक्कलबहादुर बिष्ट (एक लाख), निमाछिरी शेर्पा (९० हजार) र जगतप्रसाद विश्वकर्मा (एक लाख रुपैया) ले पनि विभागमा उजुरी दिएका छन् । - कान्तिपुर  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान