Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गौतम परिवारलाई माओवादीले ६ लाख दिने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ९, काठमाडौं । नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई ६ लाख रुपैयाँ नगद सहयोग गर्ने जनाएको छ ।

माओवादी केन्द्रका नेता तथा कृषिमन्त्री गौरीशंकर थारुले मंगलबार गौतमको घर पुगेर पार्टीले सहयोगस्वरुप ६ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

उनका अनुसार मंगलबार बसेको पार्टीको बैठकले ६ लाख रुपैयाँ नगद गौतमका परिवारलाई दिने निर्णय गरेको हो । गौतमलाई सरकारले सहिद घोषणा गरेको छ ।

गौतमको १३ औं दिनको पुण्यतिथिमा उनको घर पुगेका मन्त्री थारुले उक्त रकम चाँडै नै हस्तान्तरण गरिने जानकारी परिवारका सदस्यलाई गराए । उनले पुनर्वास घटनामा घाइते टीकाराम चापागाईंलाई भेटेर ५० हजार रुपैयाँ उपलब्ध गराए । -नागरिक दैनिक