चैत २२, कविलास (चितवन) | सुख्खा पहिरोमा पुरिएका १५ बर्षीय मन्दिप रानालाई उद्धारपछि सान्त्वना दिँदै एक यात्रु । तस्बिर : अनिल ढकाल

नारायणगढ-मुग्लिन सडकखण्डमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२, कविलास (चितवन) | सुख्खा पहिरोमा पुरिएका १५ बर्षीय मन्दिप रानालाई उद्धारपछि सान्त्वना दिँदै एक यात्रु । तस्बिर : अनिल ढकाल

नारायणगढ-मुग्लिन सडकखण्डमा स"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘झन्डै ज्यान गएको थियो’

२२ चैत्र २०७३, मंगलवार ००:४८

चैत २२, कविलास (चितवन) | सुख्खा पहिरोमा पुरिएका १५ बर्षीय मन्दिप रानालाई उद्धारपछि सान्त्वना दिँदै एक यात्रु । तस्बिर : अनिल ढकाल

नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार बिहानैदेखि लामो जाम थियो । अघिल्लो दिनको वर्षाले सडक बिग्रेका कारण सवारीसाधन बिस्तारै गुडेका थिए । सडक विस्तारका कारण १० बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुन्छ । 

नारायणगढबाट १७ किलोमिटर उत्तर कविलासको घुमाउनेमा करिब १० बजे ढुंगा खसेजस्तो ठूलो आवाज आयो । मान्छेहरू कराउन थाले, 'पहिरोले गाडी पुर्यो, मान्छे मर्यो ।' सडक माथिबाट ठूलो चट्टानसहित खसेको पहिरोले ना ४ ख ५४१९ नम्बरको ट्यांकर पुरियो । एकछिनपछि मानिसहरू घटनास्थलतर्फ जान थाले । ट्यांकर र त्यसको छेवैमा एकजना मान्छे पुरिएका थिए । तिनको मृत्यु भइसकेको थियो । अर्कोपट्टि ढुंगाको चेपबाट आवाज आयो, 'बचाऊ…बचाऊ ।' सानो प्वालबाट एउटा हात हल्लिएको देखेपछि प्रत्यक्षदर्शी कराउन थाले, 'ल, यहाँ एकजना जीवितै रहेछन्, जतिसक्दो छिटो निकालौं।'

सल्यान घर भई लमजुङ सुन्दरबस्ती नगरपालिका ३ भोटेओडार बस्ने १५ वर्षीय मन्दिप रानालाई पहिरो खसेको करिब १० मिनेटपछि स्थानीय र यात्रुले सकुशल उद्धार गरे । उनी बुबासँग मोटरसाइकलमा पछाडि बसेका थिए । मोटरसाइकलसँगै उनका बुबा ४० वर्षीय रेशराज राना पहिरोमा पुरिए । उद्धारपछि मन्दिप बुबा खोज्न थाले । प्राथमिक उपचारपछि उनलाई भरतपुर ल्याइएको थियो । मन्दिप आफू बाँचेको विश्वासै गरिरहेका थिएनन् । 'जाम परेकाले हामी बिस्तारै गुडिरहेका थियौं, एक्कासि पहिरो खस्यो', मन्दिपले भने, 'म बाँचें भनेर पत्याउन सकेको छैन ।'

उनी बुवासँग नवलपरासीको बर्दघाट जान लागेका थिए । बसमा जाँदै गरेका आमा दिलमाया, भाइ सञ्जु भनिने भुवनसिंह र दाजुको अवस्थाबारे साँझसम्म उनी बेखबर थिए । उनलाई बुबाका बारेमा कसैले नभने पनि आस मारिसकेका थिए । उनीहरू अर्घाखाँचीस्थित सुपा देउरालीमा पूजा गर्न मंगलबार जाने तयारी गरिरहेका थिए । बर्दघाटमा रहेका ठूलोबुबा र मामालाई भेटेर परिवारसँगै मंगलबार अर्घाखाँची जाने योजना थियो ।

'बुबासँग आएको हुनाले मैले अरू सोच्न सकिनँ । बुबा के हुनुभयो होला भन्नेमा ध्यान गयो', चितवन मेडिकल कलेजमा उपचाररत मन्दिपले भने ।अगाडिको भाग पुरिएको ट्यांकर चालक बन्नु पटेल पनि पहिरोबाट बाँच्न सफल भए । उनीसँगै रहेका सहचालक विनय कोइरीको भने मृत्यु भयो । बन्नु झ्यालबाट बल्लतल्ल निस्केपछि अरूले उद्धार गरेका हुन् । टाउकोमा चोट लागेका उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । – अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ