2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेता कहाँको मतदाता ?

चैत २७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं महानगरपालिका वडा नं। १० मा मतदाता नामावली छन् । उनले काठमाडौं १० मा मतदान गर्नेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुनको मतदाता नामावली भने गोली गाउँपालिका-२, रोल्पामा छ । उनी मतदान गर्न रोल्पा जानुपर्नेछ । 

प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका(६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । सभामुख ओनसरी घर्तीको रोल्पा नगरपालिका ७, रोल्पामा मतदाता नामावली छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिका-१ डडेल्धुरामा मतदाता नामावली छ । देउवा स्थानीय तह निर्वाचनमा मतदान गर्न डडेल्धुरा जानेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली दमक नगरपालिका-१२, झापामा छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको सूर्योदय नगरपालिका-९, इलाममा मतदाता नामावली छ । माधवकुमार नेपालले गौर नगरपालिका ३ बाट मतदान गर्नेछन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको मतदाता नामावली पालुङटार नगरपालिका १, गोरखामा छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली विराटनगर उपमहानगरपालिका १४, मोरङमा छ । उनले विराटनगरबाटै मतदान गर्न पाउनेछन् ।

– नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक