चैत ३०, काठमाडौं । गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३०, काठमाडौं । गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर क"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दावा लामालाई गोली हानेपछि एसएसपीलाई फोन

२०७३, ३० चैत्र बुधबार ०२:२६

चैत ३०, काठमाडौं । गौरिघाटस्थित बागमति नदि किनारमा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुण्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छबिलाल जोशी र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य घटानस्थलतर्फ जाँदै थिए ।

जोरपाटी नयाँ वस्तीमा बस्दै आएका लामा पार्टी प्यालेसमा रहेको हेल्थ क्लबमा नियमित आउँथे। मंगलबार बिहान ९: २० मा उनले क्लब अगाडि गाडी रोकेर पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्ने वित्तिकै गोली प्रहार भएको थियो ।

घटनास्थल जाँदै गरेका जोशीको मोबाइलमा ९:४०मा कल आयो । नम्बर देखिएको थिएन । प्राइभेट लेखिएको थियो । उनले फोन उठाए । ‘म हङकङबाट लोप्साई राई बोलेको,दावा लामालाई मैले गोली हान्न लगाएको हुँ।’ किन गोली हानेको भनेर सोध्दा जवाफ आयो,‘ उसले मलाई यतिधेरै दुःख दिएको छ त्यो सुन्नुभयो भने तपाईँ रूनुहुन्छ ।’

जोशीले भने,‘ घटनामा संलग्न जहाँ भए पनि जोगिन सक्दैन। म रूने होइन तँ रूने दिन आयो अब।’तीन मिनेट २० सेकेन्ड लामो कुराकानी टुंगियो ।   -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध