बैशाख ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ ।  

मधेसी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ ।  

मधेसी "/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव नगराउने चलखेल भएको एमालेको आरोप

२०७४, ३ बैशाख आईतवार ०२:१३

बैशाख ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ ।  

मधेसी मोर्चाको अस्वीकारबीच संविधान संशोधन प्रस्ताव दर्ता र चुनावको मिति सार्ने विषयमा कांग्रेसले औपचारिक छलफल चलाएको भन्दै सरकार, सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र मिति सार्ने नियोजित खेलमा लागेको एमालेले आशंका गरेको हो । 

‘मधेसी मोर्चा र गठबन्धनको अस्वीकारका बाबजुद विधेयक बढाउन खोज्नु भनेकै निहुँ खोज्नु हो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘निर्वाचन आयोगले तयारी गरिरहेकै छ, चुनावमा लाग्न छाडेर अनेकथरि कुरा गर्नुलाई चुनाव गर्न खोजेको भन्न मिल्दैन, ती सबै चुनाव नगर्ने नियतले गर्न खोजिएको हो भन्ने हाम्रो आशंका छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावको मिति र संविधान संशोधनका विषयमा शनिबार तराईबाट प्रतिनिधित्व गर्ने नेता र सांसदहरूसँग शनिबार औपचारिक छलफल गरेका थिए ।

मोर्चासहितको वार्ताविनै संशोधन प्रस्ताव

एमालेले सत्तारुढ, प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासहितको संयुक्त छलफलपछि मात्रै संशोधन विधेयकबारे टुंगोमा पुग्ने पूर्वसहमतिविपरीत एकतर्फी संशोधन अघि बढाउन खोजेको आरोप लगाएको छ । मोर्चाले समेत धोका भयो भन्दै आन्दोलनमा जाने भनिरहेकाले चुनावअघि जबर्जस्ती विधेयक अघि बढाइए वातावरण झन् बिथोलिने उसको निष्कर्ष छ ।

‘प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि संशोधनबारे गरिएको गृहकार्यअनुसार के गर्दा मोर्चा चुनावमा आउँछ भन्ने कुरा हामीलाई स्पष्ट बताउनुस्, त्यस आधारमा हाम्रो धारणा प्रस्ट्याउने भन्यौँ, तर कुनै छलफल र जानकारीविनै सरकारले विधेयक दर्ता गरायो,’ नेम्वाङले भने, ‘मधेसी मोर्चासहितको वार्तामा हामीलाई संलग्न गराउने कुरा पनि सत्ता पक्षले उल्लंघन ग¥यो ।’ नेम्वाङले विधेयक र चुनावी तयारीबारे छलफलका लागि सरकारले एमालेलाई नबोलाएको जानकारी गराए ।

‘मोर्चासँग वार्ता जारी राख्नुपर्छ’

एमालेले चुनावी वातावरणको सुनिश्चित गर्ने दायित्व सरकारकै भएकाले मधेसी मोर्चा र गठबन्धनसँग वार्ता जारी राख्नुपर्ने जनाएको छ । ‘चुनावको वातावरण अन्योलपूर्ण बनाउने होइन सरकारले मधेसी मोर्चासँगको वार्ता जारी राखोस्, हामी पनि सहयोग गर्छौँ,’ नेम्वाङले भने ।

केन्द्रीय कमिटी बैठक स्थगित

चुनावी तयारीका लागि आज आइतबार डाकिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओली उपचारको सिलसिलामा थाइल्यान्डको बैंकक रहेको कारण जनाउँदै एमालेले बैठक स्थगित गरेको हो । ‘अध्यक्ष स्वदेशमा नरहनुभएका कारण बैठक केही दिनका लागि पर सरेको हो,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘तयारीका सबै काम तीव्र ढंगले अघि बढिरहेको छ, अध्यक्ष स्वदेश फर्किनेबित्तिकै बैठक बस्नेछ ।’

यसकारण सार्न मिल्दैन निर्वाचन

-आगामी ७ माघभित्र प्रदेश र संघीय संसद्को निर्वाचन पनि गर्नुपर्ने संविधानको व्यवस्था छ । त्यसैले पनि स्थानीय निर्वाचन सार्न नसकिने एमालेको निष्कर्ष छ ।

-‘१५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम पास गर्ने कुरा त छँदै छ, संसद्मा प्रिबजेट छलफलसमेत भइसक्नुपर्छ,’ एमाले उपनेता सुवास नेम्वाङले भने, ‘त्यसैले ३१ वैशाखको मिति एक दिन सार्नेबित्तिकै चुनाव हुन सक्दैन, हिसाब गरेरै सरकारले चुनावको मिति घोषणा गरेकाले सार्ने प्रस्ताव आयो भने नगराउने नियत देखियो भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै