वैशाख ४, काठमाडौं | काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ४, काठमाडौं | काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालय"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन्दनको हत्या होइन, आत्महत्या नै होः प्रहरी

४ बैशाख २०७४, सोमबार ०१:३८

वैशाख ४, काठमाडौं | काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ। विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित छानविन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो। 

करिव दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको थियो। मृतकका आफन्तले कुन्दनले आत्महत्या गरेको नभईँ उनको हत्या भएको दाबी गरेपछि घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो।

समितिले आइतबार महानगरिय प्रहरी प्रमुख डीआईजी बम बहादुर भण्डारीलाई छानविन प्रतिवेदन बुझाएको छ । प्रतिबेदनमा कुन्दनको हत्या नभईँ उनले आत्महत्या गरेको उल्लेख छ। ‘प्राविधिकरुपमा सम्पुर्ण अध्ययन गर्दा कुन्दनको हत्या भएको देखिदैन। उनले आत्महत्या नै गरेका हुन्’, संयोजक ज्ञवालीले भने ।

उनले छानविनका क्रममा ४५ जनासँग कुरा गरिएको बताए। प्रशासकीय कमजोरीका कारण विद्यलालयका वार्डेन प्रहरी निरीक्षक शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस समितिले गरेको छ । – अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट